Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गराउने तयारी

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गराउने तयारी

  • 2.7K
    SHARES

  • कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गराउने तयारी

    बुटवल,भदौ १५ ।

    राष्ट्रिय परीक्षा बोर्डले कोरोना सङ्क्रमण बढेका कारण स्थगित गरेको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गराउने तयारी थालेको छ।

    राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षा ‘होम सेन्टर’ (जुन विद्यालय पढेको हो त्यही विद्यालय) बाट लिने तयारी भएको हो।  होम सेन्टरमै परीक्षा लिने तय भए पनि कुन विधिबाट परीक्षा हुने भन्नेमा भने अहिले सम्म बोर्ड टुगोंमा पुग्न सकेको छैन।

    ‘होम सेन्टरबाटै परीक्षा लिने तयारी गरेका हौँ,’ प्रवक्ता अयार्लले भने,-‘परीक्षा कसरी लिने भन्ने बारे छलफल भइरहेको छ, हामीले विभिन्न ५ विधिमा कुन विधि प्रयोग गर्ने भन्ने टुङ्गोमा पुग्न सेकेका  छैनौं।’

    बोर्डले एक हप्ता भित्र परीक्षाको विधि समेत टुङ्गो लगाएर तालिका सार्वजनिक गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए।  यस अघि साउन ३१ गते हुने भनिएको कक्षा १२ को  परीक्षा कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै सरकारलाई चौतर्फी दबाब परेपछि  अनिश्चित कालको लागि स्थगित भएको थियो।

    त्यो भन्दा अघि जेठ २६ बाट गर्ने भनिएको परीक्षा पनि निषेधाज्ञाका कारण स्थगित भएको थियो। त्यति बेला नै परीक्षा हुने भन्दा १५ दिन अघि सूचना निकालेर तालिका सार्वजनिक गर्ने बोर्डले जनाएको  थियो।

    कक्षा १२ को परीक्षामा सहभागी हुन करिब ३ लाख ८६ हजार जनाले परीक्षा दिन फाराम भरेको परीक्षा बोर्डले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology