Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँमा डुबेर दुई जनाको मृत्यु

लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँमा डुबेर दुई जनाको मृत्यु

  • 2.8K
    SHARES

  • लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँमा डुबेर दुई जनाको मृत्यु

    बुटवल,भदौ १५ ।

    लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँमा डुबेर दुई जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुर बस्ने ३१ वर्षीय मानबहादुर थारुको डुबेर मृत्यु भएको छ ।

    सोही नगरपालिका–४ स्थित कुलोमा माछा मार्न गएको अवस्थामा कुलोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै कपिलबस्तुमा पनि डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–११, विजयनगरस्थित मामाघर बस्ने शिवराज नगरपालिका–११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३ वर्षीय बिनिता धोबीको डुबेर मृत्यु भएको हो ।

    बाटोमा खेल्ने क्रममा कुलोमा खसेर डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लुम्बिनी प्रहरी प्रहरी कार्यालय दाङले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology