Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने

  • 5.0K
    SHARES

  • प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने

    बुटवल,भदौ १५ ।

    नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो ।

    प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।

    नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी हुने  बताए ।

    उनले भने, ‘बुधबार वा बिहीबारसम्ममा हाम्रो पार्टीमा सामेल हुने सांसदहरुको सनाखत कार्य सम्पन्न हुनेछ । त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागिताका विषयमा छलफल हुन्छ ।’

    प्रदेश २ मा जनता समाजवादी पार्टी जसपा को नेतृत्वमा सरकार छ । गठबन्धनका तर्फबाट प्रदेश सरकारमा हाल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेका छन् । केन्द्रमा बनेको गठबन्धनकै आधारमा प्रदेश १ मा पनि नेकपा एकीकृत समाजवादीलाई समेत सत्ता साझेदार बनाउन लागिएको हो ।

    प्रदेश २ मा हाल ११ वटा मन्त्रालय कायम छन् । तीमध्ये जसपाका ४, काँग्रेसका ३ र माओवादीका एक मन्त्री छन् भने बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफूसँगै राखेका छन् ।

    नेकपा एकीकृत समाजवादी पार्टीका नेता महतोले भने आफ्ना पार्टीका सांसदको सनाखत कार्य सम्पन्न भएपछि मात्र मन्त्रालयका विषयमा छलफल हुने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology