बुटवल,भदौ १४ ।
लुम्बिनी प्रदेशको योजना आयोगका उपाध्यक्षमा बामदेब क्षेत्री घिमिरे नियुक्त भएका छन् । आईतबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले बुटवल ८ रुपन्देहीका घिमिरेलाई उपाध्यक्षमा नियुक्त गरेको हो।
माओबादी केन्द्रका केन्द्रीय सदस्य रहेको घिमिरे आयोगको उपाध्यक्षमा चयन भएका हुन्। आयोगमा २ जना सदस्य समेत मानोनित गरिएको छ । लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले २ जना सदस्य समेत चयन गरिएको जानकारी दिए ।
आयोगको सदस्यमा गुल्मी मुसिकोटका दामोदर भुसाल र कृष्णनगर कपिलबस्तुका शिव पुजन यादब चयन भएका हुन।
यस्तै बैठकले ३ सदस्यीय प्रदेश पदक सिफरिस समिति समेत गठन गरेको छ । जसको सदस्यमा कपिलबस्तुका बर्मानन्द उपाध्याय, रुकमकी दिल कुमारी रोका र पाल्पाका यज्ञ पोखरेल रहेका छन् । बैठकले लुम्बिनी प्रदेशमा कर्मचारीको व्यवस्थापन २ चरणमा गर्ने भएको छ । आजको बैठकले भदौ मसान्त र असोज १५ गरि २ चरणमा गर्न लागेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए।
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ :
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुर्याइएको छ । प्रदेश मन्त्रीपरिषद्को बैठकले मन्त्रालय बिस्तार गरि १३ पु¥याएका हुन् । प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रालय बिस्तार गरि मुख्यमन्त्री कार्यालय सहित १३ वटा बनाईएको जानकारी दिए ।
लुम्बिनीका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले १० वटा सम्म मन्त्रालय बनाएकोले खर्च बढाएको अपजोश बोकेपनि मुख्यमन्त्री कुल प्रसाद केसीले भने त्यसलाई बढाएर १३ पु¥याएका हुन्। अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरीक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय बनेका छन् ।
यस्तै पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, बन बातावरण तथा भू संरक्षण मन्त्रालय, शिक्षा बिज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कमल्याण मन्त्रालय बनेका छन्।
लुम्बिनीमा गठबन्धनको सरकारमा ३ जना बिना बिभागिय मन्त्री छन् भने अझै बिस्तार हुने क्रम पनि जारी रहेको छ । मन्त्रालय बिस्तार संगै मन्त्रीमण्डल पनि बिस्तारको तयारी रहेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)