Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा विपद् : चार दिनमा १२ जनाको ज्यान मृत्यु,९० हजारभन्दा धेरै मानिस प्रभावित

नेपालमा विपद् : चार दिनमा १२ जनाको ज्यान मृत्यु,९० हजारभन्दा धेरै मानिस प्रभावित

  • 2.8K
    SHARES

  • नेपालमा विपद् : चार दिनमा १२ जनाको ज्यान मृत्यु,९० हजारभन्दा धेरै मानिस प्रभावित

    बुटवल,भदौ १४ ।

    बाढी पहिरोका कारण पछिल्ला चार दिनमा १२ जनाको ज्यान गएको छ। तीन जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार करिब ५ हजार घर डुबानमा परेका छन्। ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्। केही दिनदेखिको वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा लगायतका जिल्लामा बढी असर गरेको छ ।

    बाढी पहिरो पीडितलाई पालिकामार्फत उद्धार र राहतको काम भइरहेको अर्यालले जानकारी दिए।उद्धार र राहत आवश्यक परेमा नजिकको प्रहरी र आफ्नो पालिकामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।pahiro butwal (11).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology