बुटवल,भदौ १३ ।
लायन्स क्लब अफ बुटवल संसारको प्रथम चार्टर नाइट तथा अवार्ड बितरण समारोह बुटवलमा सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष बिकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रुममा प्रमुख आतिथी सेकेण्ड भिडिजी पिएमजेएफ नवराज न्यौपानेले हामी सेवा गर्छाै भन्ने महान उद्धेश्यलाइ सफल बनाउन सबै लाग्नुपर्ने बताए ।
उनले अहिले लायन्सले लायन्स भिलेजको अवधारणा ल्याएको बताउदै गाँउलाइ एडप्ट गरिएको बताए ।कार्यक्रममा पिडिजी एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, चिफ डिस्ट्रिक एडभाइजर एमजेएफ उमंग देबकोटा ,डिस्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैजु,निर्मल लाकौल, पुरुषोतम भक्त प्रधानाङग,एरिया चिफ जीवन गाैतम,सन्दिप कसौधन,गणेश भट्टराइ,डा मुरारी पराजुली , चार्टर प्रेसिडेन्ट प्रकाश भट्टराई लगायतले बोलेका थिए ।
बर्ष २०२१–०२२ का अध्यक्ष बिकाश श्रेष्ठ आगामी योजनाका बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा श्रेष्ठ लगायत चार जनालाइ गभर्नर मेडलबाट सम्मान गरिएको थियो भने भने क्लवका सहयोगीहरूलाइ समेत मायाको चिनो प्रदान गरिएको थियो ।
सो अबसरमा मुक्तकबाट बिद्यावारिधी गरेका साहित्यकार डा.मुरारी पराजुलीलाइ दोसल्ला र सम्मान पत्रले बिशेष सम्मान गरिएको थियो । उनले २ दर्जन कृति प्रकाशन गरेका छन् ।
चार्टर प्रेसिडेन्ट प्रकाश भट्टराईले आफ्नो कार्यकालमा सहयोग पुर्याएका २२ जना कार्यक्रम संयोजकलाई सम्मान गरे भने ३४ जनालाई आजिबन सदस्यता प्रदान गरे । कार्यक्रममा केक काटेर खुसी साटिएको थियो ।
कार्यक्रमको संचालन सचिब गोबिन्द पाण्डेले गरेका थिए भने कार्यक्रमको संयोजक प्रथम उपाध्यक्ष महेश न्यौपानेले गरेका थिए ।
संस्थापक अध्यक्ष भट्टराईले क्लवका एक्सटेन्सन चियर पर्सन सन्दीप कसौधन र शुशील पाण्डे र गाइडलाइन आशिस कृष्ण श्रेष्ठ,दीपक भट्टराइलाई मायाको चिनो प्रदान गरे । भट्टराईले ३९ वटा कार्यक्रम सम्पन्न गर्दै करिब ७ लाख बचत गरेको बताए । कार्यक्रममा कलाकारहरूले नाचँगान गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)