Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा १ मा संचालित १० दिने उद्घोषण भाषण,माइन्यूट- प्रतिबेदन लेखन तालिम समापन

तिलोत्तमा १ मा संचालित १० दिने उद्घोषण भाषण,माइन्यूट- प्रतिबेदन लेखन तालिम समापन

  • 5.7K
    SHARES

  • तिलोत्तमा १ मा संचालित १० दिने उद्घोषण भाषण,माइन्यूट- प्रतिबेदन लेखन तालिम समापन

    बुटवल,भदौ १३ ।

    तिलोत्तमा नगरपालिका वार्ड न १ को आयोजनामा संचालित १० दिने उद्घोषण भाषण,माइन्यूट-प्रतिबेदन लेखन सम्बन्धि तालिम समापन भएको छ ।

    भदौ ३ गतेदेखि शुरु भएको तालिममा वडा सदस्य,वडाभित्र रहेका विभिन्न टोल विकास समितिका अध्यक्ष तथा सचिव लगायतगरि २५ जनाको सहभागिता रहेको थियो ।

    वार्ड न १ काअध्यक्ष तामनाथ पाण्डेको अध्यक्षतामा भएको समापन समारोहमा बोल्दै नगरपालिकाका कार्यबाहक प्रमुख जागेश्वरीदेबी चौधरीले तालिमलाइ ब्यबहारमा उतारेर उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरिन् । उनले सबैले नमुना काम गरेकै कारण तिलोत्तमा उत्कृष्ट नगरपालिकामा छनौट भएको भन्दै धन्यबाद ब्यक्त गरिन् ।

    तालिममा बुद्ध टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मी र समाचार संयोजक कपिल ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो । तालिम साइन इन्सिटच्यूटको ब्यवस्थापनमा भएको हो ।talim.jpg

    समापनका अवसरमा प्रशिक्षकद्वय खेमराज रेग्मी,कपिल ज्ञवाली लगायतले बोल्दै प्रमाणपत्र प्राप्त गरेपछि नै ब्यहारिक तालिम शुरु हुने धाणा राखेका थिए ।

    प्रशिक्षार्थी मिना पाण्डेको स्वागतमा भएको कार्यक्रमको संचालन सूर्य पोखरेलले गरेका थिए ।सो अबसरमा सहभागि सबै प्रशिक्षार्थीले आ-आफ्नो अनुभब सुनाएका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology