बुटवल,भदौ १२ ।
रोटरी क्लव अफ बुटवल चौतारीले तिलोत्तमाको पश्चिम पँहुनी माध्यमिक बिद्यालयमा शैक्षिक सामग्री तथा रेडियो बितरण गरेको छ ।
सो माविमा अध्ययनरत बिपन्न परिवारका बिद्यार्थीहरुलाइ करिब ५५ हजार बराबरको शैक्षिक सामग्री तथा ४० थान रेडियो बितरण गरेको क्लवका अध्यक्ष सुरज क्षेत्रीले बताए ।
उनले आफुहरुले बिद्यार्थीको भविश्यलाइ उज्वल बनाउन आफुहरु लागिरहेको भन्दै प्राप्त गरेका स्टेशनरी र रेडियोलाइ उच्चतम सदुपयोग गर्न आग्रह गरे । उनले क्लव र बिद्यालयका बिच लामो समय सम्बन्ध कायम हुने हातोमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

सो अबसरमा बोल्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाले बिद्यालयलाइ रोटरीले गरेको माया सदैब रहने बिश्वास ब्यक्त गरे । उनले बिद्यार्थीको हौसला बढाउनु दायित्व सबैको भएको समेत बताए ।
कार्यक्रममा वडासदस्य यज्ञमुर्ति जैसि,बिद्यालयका प्राचार्य दुर्गानारायण श्रेष्ठ,कार्यक्रम संयोजक राजकुमार थारू, क्लवका चार्टर प्रेसिडेन्ट बिष्णु घिमिरे,आइपीपी थानेश्वर पाण्डे ,सचिव लक्ष्मण सुबेदी लगायतले बोल्दै कोभिड-१९ का कारण विद्यालयमा नियमित पठनपाठन गराउने अवस्था नभएको र विद्यार्थीले घरमै बसेर आफै अध्ययन गर्ने बानीको विकासका साथै सुन्ने लेख्ने र बोल्ने बानीको विकासमा पनि रेडियोले प्रभावकारी भूमिका खेल्ने बताएका थिए । क्लवले यसअघि बृक्षारोपण,रक्तदान लगायतका सामाजिक काम गर्दै आइरहेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)