Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोनाभाइरस संक्रमणबाट थप २५ जनाको मृत्यु,२०६५संक्रमित थपिए

कोरोनाभाइरस संक्रमणबाट थप २५ जनाको मृत्यु,२०६५संक्रमित थपिए

  • 2.3K
    SHARES

  • कोरोनाभाइरस संक्रमणबाट थप २५ जनाको मृत्यु,२०६५संक्रमित थपिए

    बुटवल,भदौ ११ । 

    पछिल्लो २४ घण्टामा देशभर २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३३७ जना संक्रमणमुक्त भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनामा परीक्षण भएको थियो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको छ । 

    यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २३० जना निको भएका छन् । 

    हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology