Logo बिहिवार, आश्विन १ गते २०८३
images

तरुण दलले बुझायो सडक डिभिजनमा ज्ञापन पत्र,बुटवलको सडक यथाशीघ्र निर्माण माग

तरुण दलले बुझायो सडक डिभिजनमा ज्ञापन पत्र,बुटवलको सडक यथाशीघ्र निर्माण माग

  • 2.2K
    SHARES

  • तरुण दलले बुझायो सडक डिभिजनमा ज्ञापन पत्र,बुटवलको सडक यथाशीघ्र निर्माण माग

    बुटवल,भदौ ११ । 

    नेपाल तरुण दल बुटवलले सडक डिभिजन कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ ।

    बुटवलको राजमार्ग चौराहा देखि गोलपार्कसम्मको सडक यथाशीघ्र निर्माणको माग गर्दै ज्ञापन पत्र बुझाएको नगर अध्यक्ष सुजन पुनले बताए । पुन र र क्षेत्रीय अध्यक्ष हसन्त लामा लगायतको टाेलीले सडक डिभिजन कार्यालय पुगेर सडक डिभिजन कार्यालयका प्रमुख जयलाल मरासीनीलाई ज्ञापन पत्र बुझाएका थिए ।

    बुटवल उपमहानगरपालिकाको मुख्य राजमार्गकारुपमा रहेको चौराहा देखी गोलपार्क सम्म तथा देविनगर लगायतको बाटोमा लामो समयदेखी खाल्टाखुल्टी हुनुका साथै सडकमा पानी जमेका कारण यात्रीहरुले सास्ती व्यहोर्नु परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    खाल्टा खुल्टीले गर्दा यातायात आवत जावतमा कठिनाई मात्र नभइ सडक दुर्घटना समेत निम्त्याएकोले यथाशिघ्र मर्मतका लागि माग गरिएको छ ।tarun.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology