Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल-पाल्पा सडकमा पहिरो : गएरातीदेखि नै सडक अबरूद्ध,रातभरकाे भारीबर्षाले दाेभानका स्थानीयहरू जाग्रामै ! (फाेटाेफिचर)

बुटवल-पाल्पा सडकमा पहिरो : गएरातीदेखि नै सडक अबरूद्ध,रातभरकाे भारीबर्षाले दाेभानका स्थानीयहरू जाग्रामै ! (फाेटाेफिचर)

  • 8.0K
    SHARES

  • बुटवल-पाल्पा सडकमा पहिरो : गएरातीदेखि नै सडक अबरूद्ध,रातभरकाे भारीबर्षाले दाेभानका स्थानीयहरू जाग्रामै ! (फाेटाेफिचर)

    बुटवल,असोज १०-

    सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पाका दर्जनाैँ स्थानमा पहिराे खसेकाे छ । पहिराेले तिनाउ गाउंपालिकाका ठाँउठाँउमा  पहिरो खसेर  गएरातीदेखि सडक अवरुद्ध भएको छ ।

    राजमार्गको तिनाउ गाउपालिका–३, कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका स्थानमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले बताए । 

    रातभर भारीका कारण दाेभानका स्थानीय बासिन्दासमेत जाग्राम भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले नागरिक अनलाइनलाइ बताए ।pahiro palpa  sadak siddhababa(4).jpg

    उनका अनुसार राजमार्ग छेउका अधिकांश घरका बासिन्दा वर्षा ठूलो भएकाले निदाउन सकेका छैनन् । रातभरको अविरल वर्षासंगै पहिरो खसेको उनले बताए ।

    तीन दिन अघिदेखिको अविरल वर्षाले पहिरो खसेको हो । सडक डिभिजन संगको समन्वयमा दुई तर्फबाट डोजर लगाउन सुरु गरिएको छ ।

    पहिरो ठूलो भएको र ठाउठाउमा पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने उनले बताए । बेलुकी ४–५ बजेसम्म पहिरो पन्छाउन सकिने अपेक्षा प्रहरीको छ ।pahiro palpa  sadak siddhababa(3).jpg

    तिनाउ छेउछाउमा बाढीले क्षति पुर्याएकाे छ ।

     पहिरो खसेपछि पहाडी क्षेत्रमा आउने सवारी साधन बुटवलतर्फ नै रोकिएको छ भने पहाडबाट तराई भरेका सवारी साधनलाई केराबारी, चर्चरे,जोरधारामा रोकिएको प्रहरीले जनाएको छ ।  pahiro palpa  sadak siddhababa(2).jpg

    तस्वीरहरू: बिष्णु पाण्डेय ।

    याे पनि :-

    Flod badi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology