बुटवल,भदौ ११ ।
भारी बर्षाका कारण तराईका अधिकांश जिल्लाहरु डुबानमा परेका छन् । रूपन्देही,कपिलबस्तस र नवलपरासीका अधिकांश स्थान जलमग्न भएका हुन् । परासी बजार सबैभन्दा बढी ढुबानमा छ ।
रूपन्देही देवदह घाेडाहाकाे पक्की पुल भासिँदा पुर्वपश्चिम यातायात अवरुद्ध भएको छ। वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गंगाबहादुर सारुले नागरिक अनलाइनलाई बताए। प्रहरीले भासिँएको पुलबाट२पाड्ड सवारी साधन आवागमनमा रोक लगाएको छ।
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू डुबानमा परेका छन् भने पहाडी क्षेत्रका सडकहरू पहिरोले अवरुद्ध भएका छन्।
नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध छ भने गुल्मी रिडी-रुद्बेनी सडक र बुटवल-तानसेन सडक( सिद्धार्थ राजमार्ग) पनि पहिराेका कारण अवरुद्ध छ ।
हेराैँ तस्वीरहरु :











नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)