Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिँदा पूर्व-पश्चिम यातायात बन्द

रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिँदा पूर्व-पश्चिम यातायात बन्द

  • 3.6K
    SHARES

  • रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिँदा पूर्व-पश्चिम यातायात बन्द

    बुटवल, भदौ ११ ।

    गएरातिदेखिको अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । 

    पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका- १० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल नगरपालिका-१२ बडेरास्थित रहेको ड्राइभर्सन पनि बाढीले बगाएको छ ।

    pul crack.jpg

    वर्षातका कारण तिनाउ,कपिलवस्तु वाणगंगा नदी आसपासको क्षेत्र पनि जोखिम बढेको  छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको भैरहवा,भलबारी, मणिग्राम,सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार तथा नवलपरासीको गैँडाकोटका साथै परासी बजार लगायतका ठाउँ डुवानमा परेका छन् ।

    त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।

    badi.jpg

    भारी बर्षाले तराईक्षेत्र डुबानमा,अधिकांश सडक अवरुद्ध (फाेटाेफिचर)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology