Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यता दाइले मुख्यमन्त्रीको शपथ लिए,उता भाई घरमै मृत भेटिए !

यता दाइले मुख्यमन्त्रीको शपथ लिए,उता भाई घरमै मृत भेटिए !

  • 4.4K
    SHARES

  • यता दाइले मुख्यमन्त्रीको शपथ लिए,उता भाई घरमै मृत भेटिए !

    बुटवल,भदौ १० । 

    प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्य घरमै मृत अवस्थामा भेटिएका छन् । भीमका कान्छा भाइ ५९ वर्षीय राम सुनसरीको इनरुवास्थित घरमै बिहीबार मृत भेटिएका हुन् ।

    आचार्य विराटनगरमा एमाले संसदीय दलका नेता चुनिएर मुख्यमन्त्रीका लागि शपथ लिने तयारी हुँदै गर्दा भाइको निधनबारे खबर आएको थियो ।

    तत्कालीन मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्यलाई दलको नेता चुनिएको थियो । त्यसपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । आचार्यलाई तत्काल भाइको निधनबारे जानकारी नदिइए पनि मुख्यमन्त्रीमा नियु्क्त हुनुअघि उनले थाहा पाएका थिए ।

    आचार्यका भाइको के कारणले मृत्यु भएको भन्ने खुलिसकेको छैन । प्रहरी इनरुवास्थित घरमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology