Logo बिहिवार, आश्विन १ गते २०८३
images

दसैंंको मुखमा मुग्लानतिर : ‘गर्जो टार्नका लागि नेपालमा केही पाइएन’

दसैंंको मुखमा मुग्लानतिर : ‘गर्जो टार्नका लागि नेपालमा केही पाइएन’

  • 2.4K
    SHARES

  • दसैंंको मुखमा मुग्लानतिर : ‘गर्जो टार्नका लागि नेपालमा केही पाइएन’

    बुटवल,असोज १०-

    कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो।

    भारतमा बरेलीको ढावा होटलमा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै घर फर्किएका थिए। यता गुजारा चलाउन गाह्रो भएपछि दसैंको मुखमै भारततिर हिँडेको उनले सुनाए। 

    ‘दसैं र तिहार नजिकै आयो तर के गर्नु ? दसैंमा, तिहारमा पैसो त चाहिन्छ। घरमा केही छैन। नोकरी नगरे कसरी दसैं, तिहार मनाउनु ?’ धामीले भने, ‘त्यसैले दसैंको माया मारेर भारततिर हिनेको।’ 

    धामीका घरमा तीन बच्चा र श्रीमती छन्। ‘चार जना घरमा छन्। अन्नले मात्रै के हुनु। नुन, तेल खर्च चाहिएन रु बिरामी परियो भने नि पैसा चाहिन्छ’, उनले भने, ‘चार महिना रिन काढेर बिताएँ।’ 

    उनीजस्तै दैनिक १५ सयको अनुपातमा नेपालीहरू गौरीफन्टा नाकाबाट मात्रै भारत गइरहेका छन। त्यहीमध्ये एक हुन्, कञ्चनपुरको पुनर्वास नगरपालिकाका खोमबहादुर कुमाल।

    ‘गर्जो टार्नका लागि नेपालमा केही पाइएन’, कुमालले भने, ‘अनि कोरोनाको कहरका बीच भारत लागेको।’ दिल्लीमा रहेका मालिकले अब नराख्ने भनेपछि बैंङलोरतिर हिँडेको उनले सुनाए। उनी चैतको लकडाउनका बेला उर्लिंदो हुलमा घर फर्किएका थिए।

    आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology