Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा (एकीकृत समाजवादी)ले पायो दल दर्ताको प्रमाणपत्र,दर्ता नम्बर १६६

नेकपा (एकीकृत समाजवादी)ले पायो दल दर्ताको प्रमाणपत्र,दर्ता नम्बर १६६

  • 5.6K
    SHARES

  • नेकपा (एकीकृत समाजवादी)ले पायो दल दर्ताको प्रमाणपत्र,दर्ता नम्बर १६६

    बुटवल,भदौ ९ ।

    माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)ले दल दर्ताको प्रमाणपत्र पाएको छ। निर्वाचन आयोगले बुधबार राति नेकपा (एकीकृत समाजवादी) लाई दलको रुपमा दर्ता गर्दै प्रमाणपत्र दिएको हो। आयोगका अनुसार एकीकृत समाजवादीको दल दर्ता नम्बर १६६ रहेको छ।

    एकीकृत समाजवादी नेता रामकुमारी झाँक्रीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेको जानकारी दिइन्। निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिनुअघि बुधबार यो पार्टीमा आबद्ध भएका साविक एमालेका केन्द्रीय सदस्य र सांसदहरुलाई आयोगमा सशरीर उपस्थित भएर सनाखत गर्न समय दिएको थियो।

    नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि माधव नेपालसहित एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसद्ले निर्वाचन आयोगमा पुगेर सनाखत गराएका थिए। 

    एमालेका अन्य ४ जना सांसदहरुले समेत नयाँ पार्टीको पक्षमा रहेको भनेर निवेदन दिए पनि आयोगले उनीहरुलाई भने सनाखतमा समावेश गरेन।  नेकपा एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) नामक दल दर्ता भएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology