Logo बिहिवार, आश्विन १ गते २०८३
images

समयमै अस्पताल बनाएर राेहीणीले जाेगायो बिरामीको ज्यान

समयमै अस्पताल बनाएर राेहीणीले जाेगायो बिरामीको ज्यान

  • 1.6K
    SHARES

  • समयमै अस्पताल बनाएर राेहीणीले जाेगायो बिरामीको ज्यान

    बुटवल,भदौ ९ ।

    छिमेकी मुलुक भारतसंग सीमा जोडिएको रुपन्देहीको रोहिणी गांउपालिकामा कोभिड—१९ (कोरोना भारइरस) पहिलो भेरियन्टमा एकजनाले पनि ज्यान गुमाउनुपरेन ।

    दक्षिणमा भारतसंग सीमा जोडिएकाले छिमेकी मुलुकमा हुने कोरोना संक्रमणको प्रभाव भने सबैभन्दा छिटो यहि गांउपालिकाको देखापर्ने गरेको छ । कोरोना महामारी बढ्दै गएपछि न्यूनिकरण र नियन्त्रणका लागि भन्दै रोहिणीले १ करोड ९ लाखको बजेट कोरोना कै लागि बिनियोजन गर्यो ।

    त्यतिबेला लुम्बिनी प्रदेश सरकारले १० लाख रुपैंया गाउपालिकाको कोरोना राहत कोषका लागि पठाएको थियो ।‘ पालिकाले संचालन गरेको कोरोना राहत कोषमा स्थानीय केहि दाताहरु संघ संस्थाहरुको पनि सहकार्य रह््यो, हामीले त्यहि रकमबाट क्वारेन्टाइन निर्माण ,३ हजार ३ सय घरघुरीलाई २ चरणमा  २० केजि चामल,दाल,तेल,नुन लगायतका खाद्य सामग्री राहत बितरण ,स्वास्थ्य सामाग्री खरिद लगायतका काम गर्यौं ।’ गांउपालिकाका अध्यक्ष सनोज कुमार यादवले नागरिक अनलाइनसंग भने । 

    अघिल्लो पटकको कोरोनामा बिनियोजित बजेटबाट रोहिणीका ७ वटै वडाहरुका सामुदायिक बिद्यालयहरुका क्वारेन्टाइन समेत बनाइयो  । आफ्नै पालिकाका २ सय ७० क्वारेन्टाइनमा बसेपनि १७ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुलाई निको नहुने अवधिभर १५ देखि २५ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो भने भारतबाट नेपाल फर्केका अन्य जिल्लाका करिब ७ सय जनालाइ खानेबस्ने ब्यबस्था गरेको गांउपालिकाले जनाएको छ । सो पालिकामा ५हजार ६५४ घरपरिवार छन् भने ३७ हजार १७५ कुल जनसंख्या छ ।

    अघिल्लो कोरोनाकालमा गांउपालिकाले छुट्याएको रकम खातामा करिब ८ लाख रुपैंया नगद अझैपनि रहेको अध्यक्ष यादवले जानकारी दिए । उनी भन्छन्— ‘बांकी रहेको रकमलाइ कोरोना महामारीका दोश्रो भेरियन्टमा सदुपयोग गर्छाैं ।’‘ फेरि योपटक बैसाख १६ यता रुपन्देहीमा निशेधाज्ञा लागु छ,कोरोनाको दोश्रो लहर शुरु भएपछि पनि गांउपालिकाले कसरी जनताको जिउज्यान बचांउने चिन्तामा छ ।’ उनको भनाइ छ ।

    यतिबेला गाउपालिकाले स्थानीय कोभिड बिरामीलाई उपचार दिने उद्धेश्यले गाउंपालिका स्तरिय ५ बेडको कोभिड बिशेष अस्पताल सञ्चालनमा बनाएको छ । धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा आइसियू जडित ५ बेडको अस्थायी अस्पतालको शुरुवात भैसकेको छ । हालको आवश्यकता हेरेर अक्सिजन सहितको ५ बेडको अस्पताल रहेपनि यसलाई बिस्तार गरेर १० बेडको अस्पतालको रुपमा सञ्चालन गर्न सकिने तत्कालको लक्ष्य छ ।

    धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा १० बेडले पनि नपुगे अन्य बैकल्पिक स्थानहरुको समेत पहिचान गरि आवश्यकता अनुसार बिशेष अस्पताल बनाउन गाउपालिका तैयारी अवस्थामा रहेको उनले जानकारी दिए । हाल २ जना उपचाररत रहेका छन् ।
    भने दोश्रँे चरणका कोरोनाले रोहिणीका २ जनाले मृत्युवरण गर्नुपरेको छ । अहिलेको अवस्थामा प्रदेश सरकारबाट कुनैपनि रकम नआएको र सरकारले दिने निर्णय गरेको समाचारमा सुनेको उनको भनाइ छ । संघीय सरकारले पालिकाभित्र अस्पताल बनाउन भन्दै १० लाख पठाएको अध्यक्ष यादवले जानकारी दिए ।

    पालिकाको वडा नम्बर ३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा केन्द्रिय सरकारको १० लाख बजेट सहयोगले बिशेष अस्पताल निर्माण गरिएको रोहिणी गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने बताउंछन् ।

    न्यौपाने भन्छन्—‘ कोरोनाका बिरामीको संख्या बढ्नसक्ने अनुमान छ,यहांका अधिकांश मानिस पशुपालन र कृषि पेशामा संलग्न छन् ,कतिपयले त मास्क ,स्यानीटाइजर नै लगाउन्न् जनचेतना जगाउदै छौं,हामी त्यसको अवस्थालाइ मुल्यांकन गरेर अघि बढ्छौं ।’
    यहां प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर उमेश गुप्ताको नेतृत्वमा १ जना अनमी, १ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको पनि ब्यवस्थापन गरिएको उनले जानकारी दिए ।

    सो गाउंपालिकामा अहिले सक्रिय कोभिड संक्रमितको संख्या ३० जना रहेको छन् । यिनीहरु मध्ये १ जनाको भैरहवास्थित भिम अस्पतालमा उपचार भई रहेको र बांकीको घरमै रहेर हेरचाह भईरहेको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले बताए । दोश्रो भेरिएन्टको रुपमा देखिएको कोभिडको प्रभाव कडा रहेकोले सकेसम्म सरकारले तोकेको मापदण्ड पालन गर्न गाउपालिकाको आग्र्रह छ । 
    रोहिणी  गाउपालिका रुपन्देहीको पूर्वी दक्षिण भागमा पर्दछ भने  साबिकका ६ गाउबिकास समितिहरु  (धकधई, बगाहा, पजरकट्टी,पोखरभिण्डी, छिपागढ र बोदबार) लाई मिलाएर बनाइएको हो । रुपन्देहीमा यो स्टोरी तयार पार्दासम्म १३ वटा स्थानीय सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि आइसोलेसन बेडसहितका अस्पताल बनाएका छन् ।

     कोरोनाको नाममा स्थानीय तहहरुमा अस्वभाविक खर्च :

    महालेखाको ५८ औ प्रतिवेदनले अनुदानको रकम समेत स्थानीय तहले अनियमितता गरेको औँल्याएको थियो । सो प्रतिवेदनले ७५३ स्थानीय तहमध्ये ७४३ स्थानीय तहमा ७ खर्ब ३८ अर्ब  २३ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको देखाएको थियो । सामान्य अवस्थामा भदौबाट नै लेखापरीक्षण गर्ने गरिएको थियो ।

    यो पटक कोरोनाले बेहाल बनाएको छ ।  महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक अध्ययनले स्थानीय तहमा कोरोनाको नाममा व्यापक खर्च भएको देखिने र काम भने निकै कम देखिने जनाएको छ ।

    कोरोनाभाइरस (कोभिड–१९)को नाममा स्थानीय तहहरुमा अनियमितता थप बढेकोमा आफुहरु सजगताका साथमा अघि बढेको जनाएको छ । स्थानीय तहहरु अनियमितताको अखडा बनेको यसअघि कै महालेखा परीक्षकको प्रतिवेदनले पनि औंल्याएको थियो । यस पटक अनियमितता गर्ने माध्यम कोरोना देखिएको कार्यालयका फिल्डमै अडिटका लागि खटिएका पनि छन् ।
    लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवल रुपन्देहीका लेखा नियन्त्रक दीपक ज्ञवालीले स्थानीय तहहरुका सबै आन्तरिक लेखा परिक्षण प्रतिबेदन असार मसान्तमा मात्रै तयार हुने बताए ।

    उनले भने—‘हामीले अहिले स्थानीय तहको अडिट गर्दैनौं,प्रदेश सरकारले दिएको अनुदानको बिषयमा केहि समस्या भएमा मन्त्रालयले सहयोग मागेमा हामी पुलको काम मात्रै गर्ने हो ,अनुगमन होइन,खासगरि अनुदान  निकासा,बेरुजू,फस्र्यौटको कुरा भएमा हेर्ने हो ।’

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology