Logo बिहिवार, आश्विन १ गते २०८३
images

आयोगमा माधव नेपाल पक्षका ५४ केन्द्रीय सदस्य र ३० सांसदले गरे सनाखत (नामावलीसहित)

आयोगमा माधव नेपाल पक्षका ५४ केन्द्रीय सदस्य र ३० सांसदले गरे सनाखत (नामावलीसहित)

  • 2.1K
    SHARES

  • आयोगमा माधव नेपाल पक्षका ५४ केन्द्रीय सदस्य र ३० सांसदले गरे सनाखत (नामावलीसहित)

    बुटवल,भदौ ९ ।

    माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदले सनाखत गरेका छन्।

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो उनीहरूले आयोगमा पुगेर सनाखत गरेका हुन्। नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेको श्रेष्ठले बताए। 

    केही समयअघि जारी भएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय कमिटी २०३ सदस्यीय थियो। नयाँ पार्टी दर्ता गर्न सनाखत गर्नेको संख्या २६.६० प्रतिशत पुग्छ। 

    सनाखत गर्ने ३० संघीय सांसदहरुको सूची :

    1. माधवकुमार नेपाल
    2. झलनाथ खनाल (भारतबाट सनाखत)
    3. मुकुन्द न्यौपाने
    4. कल्याणीकुमारी खड्का
    5. विरोध खतिवडा'
    6. जीवनराम श्रेष्ठ
    7. रामकुमारी झाँक्री
    8. निरादेवी जैरु
    9. प्रेमबहादुर आले
    10. मेटमणि चौधरी
    11. सरला यादव
    12. भवानी खापुङ
    13. पुष्पाकुमारी कर्ण कायस्थ
    14. समिना हुसेन
    15. कृष्णलाल महर्जन
    16. कृष्णकुमार श्रेष्ठ
    17. कलिला खातुन
    18. हिराचन्द्र केसी
    19. धनबहादुर बुढा
    20. गोपालबहादुर बम
    21. पार्वतीकुमारी विशुंखे
    22. लक्ष्मी चौधरी
    23. विना बुढाथोकी
    24. बेदुराम भुसाल
    25. शेरबहादुर कुँवर
    26. ठगेन्द्रप्रकाश पुरी
    27. उदया शर्मा (पौड्याल)
    28. सिंगबहादुर विश्वकर्मा
    29. नन्दा चपाईं
    30. शान्तिकुमारी अधिकारी जिसी

      नेकपा (एकीकृत समाजवादी)ले पायो दल दर्ताको प्रमाणपत्र,दर्ता नम्बर १६६

      महन्थ ठाकुरको नयाँ दलले पायो वैधानिकता,दर्ता नम्बर १६७

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology