बुटवल,भदौ ८ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १५५ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ५५ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २३ जना, तिलोत्तमा नगरपालिकामा १७ जना, सैनामैना नगरपालिकामा ४ जना र ओमसतिया गाउँपालिका २ जना नयाँ संक्रमित थपिएका छन् ।
२४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । रुपन्देहीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८२ रहेको छ।भने हालसम्म ५२१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै ३५ जनाको मृत्यु भएको छ ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ भने ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् । जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)