बुटवल,भदौ ८ ।
निलहिरा समाज रुपन्देहीले र्याली लगायत विविध कार्यक्रमको आयोजना गरि १८ औँ गाईजात्रा पर्व मनाएको छ । गाईजात्रा पर्वको अवसरमा सोमबार रुपन्देहीको भैरहवामा आयोजित र्याली पश्चात सहभागीले शुभकामना मनतव्य सहित साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
यौनिक तथा लैँगिक अल्पसंख्यकको पहिचान दिने ७ रंगमा अंकीत इन्द्रेणी झण्डा,बिभिन्न रंगका बेलुन र अधिकार प्राप्तिका माग सहितको प्लेकार्ड हातमा समाउदै हर्षउल्लासका साथ उनीहरुले पर्व मनाएका हुन ।
नील हिरा समाजको सहयोगी संस्थाको रुपमा कार्य गर्दै आएको एक्लोलाई साहरा दिने बृक्ष समुह रुपन्देहीका कार्यालय प्रमुख मनिला न्यौपानेले गाईजात्रा पर्व,यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायविच विषेश सम्बन्ध रहेको बताइन् ।
आज भन्दा १८ वर्ष पहिले समुदायमा तेस्रो लिङ्गी ,समलिङ्गी वा यौनिक तथा लैंगिक अल्पसंख्यक हुँ भनेर खुलेर आउन नसकेको अबस्थामा यसै गाईजात्रा पर्वमा गहना श्रृगार र आफूलाई मन परेको लुगा लगाएर रमाउन पाउदा निकै खुशी भएको उनले बताईन ।
गाईजात्रा पर्व मनाएका हुनु भन्ने समाजको नजरमा लाग्ने ,हामीलाई भने मनको बह पोख्ने ठाँउजस्तै भएका कारण पनि यो पर्वलाई हामी विषेश मान्ने गर्दछौ ।
यसैगरि हाम्रा पुर्खाहरु जो यौनिक तथा लैंगिक अल्पसंख्यख भएकै कारण परिवार र समाजबाट एक्लीएर बस्दै गर्दा मृत्यु भएको हुन्छ,उहाँहरुलाई सम्झने कोहि नहुने भएकाले दिनभर कार्यक्रम गरि साँझ उहाँहरुको दिवांगत आत्मको चिरशान्तीको कामना गर्दै उहाँहरुकै सम्झनामा दिप प्रज्ज्वलन पनि गर्नेछौ उनले भनिन् ।
कार्यक्रममा सहभागी सरोज न्यौपाने,रिजन मगर,टीकाराम भुसाल र हीमानी रसाइलीले विगतका दिन कहाली लाग्दा थिए,अहिले परिबर्तन भएको छ, तर प्रयाप्तता नभएकोले नेपालको संविधान २०७२ मा उल्लेख गरिएका विषयहरु व्यबाहरिकरुपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिदै गाईजात्रा पर्वमार्फत समुदायमा सन्देश र सरकारलाई दवाव दिएको बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)