Logo मंगलवार, श्रावण १२ गते २०८३
images

BREAKING : लुम्बिनीका मुख्यमन्त्री केसीले पाए प्रदेशसभाबाट विश्वासको मत,पक्षमा ४२ बिपक्षमा शुन्य !

BREAKING : लुम्बिनीका मुख्यमन्त्री केसीले पाए प्रदेशसभाबाट विश्वासको मत,पक्षमा ४२ बिपक्षमा शुन्य !

  • 3.1K
    SHARES

  • BREAKING : लुम्बिनीका मुख्यमन्त्री केसीले पाए प्रदेशसभाबाट विश्वासको मत,पक्षमा ४२ बिपक्षमा शुन्य  !

    बुटवल,भदौ ७ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।उनले सोमबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४२ मत परेको छ भने त्यस्तै विपक्षमा शुन्य मत परेको छ । तटस्थमा १ मत परेको छ ।

    बैठकमा सभामुख बाहेक ४३ जना सहभागि थिए । मतदानमा जम्मा ४२ सदस्य सहभागी भएका थिए।  ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य मात्रै छन्।सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसका १९,माओवादी केन्द्रका १८,जसपाका ३ र जनमोर्चाका १ जना र स्वतन्त्र १ गरी ४२ जना सांसद रहेका छन् । बिपक्षी दल नेकपा एमालेमा ३७ जना छन् ।

    यही गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका स्वतन्त्र सांसद अजय शाही समेत छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनी २८ साउन मुख्यमन्त्री नियुक्त भएका थिए।यस उपधारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ।

    VOTE COUNT.jpg

    मुख्यमन्त्री नियुक्त भएको एघार दिनमा विश्वासको मत लिएका केसीले यसअघि नै सात सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् भने चार दलीय गठबन्धनबाट  अब थप मन्त्रीहरू थपिने सरकारको तयारी छ ।

    यसअघि आज दिउँसो १ बजेको बैठक एमालेले अवरोध गरेको थियो भने साढे २ बजेको बैठक एमालेले बहिस्कार गरेको छ । साढे ३ बजेका लागि बोलाइएको बैठक पनि प्रतिपक्षी दल एमालेले बहिस्कार नै गरेको छ। एमालेले कारबाही गरेका २ सासदलाई पदमुक्तको सूचना नसुनाएसम्म बैठक चल्न नदिने बताएका थिए।

    यी खबरहरू पनि पढाैँ -

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology