Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

  • 2.4K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

    बुटवल,भदौ ७ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने भएका छन्। केसी साउन २८ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएपनि मार्सल लगाएर विश्वासको मत लिने तयारी गरेका हुन्।  ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिने तयारी भएको बताए।sava suchana.jpg

    दिउँसो १ बजेको बैठक एमालेले अवराेध गरेको थियाे भने साढे २ बजेको बैठक एमालेले बहिस्कार गरेको छ । अर्को बैठक दिउँसाे साढे ३ बजेका लागि बाेलाइएको छ। 

    यसअघि बैठक शुरू भएलगत्तै एमाले सांसद कुलप्रसाद पोखरेलले एमालेले कारबाही गरेका २ सासदलाई पदमुक्तको सूचना नसुनाएसम्म बैठक चल्न नदिने बताएका थिए।

    सत्तारूढ गठबन्धनमा नेपाली कांगेसका १९,माओवादी केन्द्रका १८,जसपाका ३ र जनमोर्चाका १ जना गरी ४२ जना सांसद रहेका छन् । एमालेमा ३७ जना छन् ।

    गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका सांसद अजय शाही समेत छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology