Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई शान्ति समाजको आग्रह

सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई शान्ति समाजको आग्रह

  • 2.5K
    SHARES

  • सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई शान्ति समाजको आग्रह

    बुटवल,भदौ ७ । 

    मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । 

    यसैगरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुशल आ आफ्नो देश फिर्तीका लागि दक्षिण एशियाली सहयोग संगठन सार्कको वर्तमान अध्यक्षको नाताले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गर्न समाजले देउवालाई आग्रह गरेको छ । 

    यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत ध्यानाकर्षण गराइएको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् । 

    प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाडौं शाखा सभापति ईश्वर पुडासैनी सहभागी थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology