बुटवल,भदौ ७ ।
लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।
आफ्नो पार्टीले कारवाही गरेका २ सांसदको बारेमा सूचना दिनुपर्ने माग गर्दै सदनमा नाराबाजीसहित अवरोध गरेको हो । अहिले एमालेले संसदको रोष्टम घेराउ गरेर नारा लगाइरहेका छन् ।
एमालेले कारवाही गरेका सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई कारवाहीको सूचना टाँस गरी पदमुक्त नगर्दासम्म सदन चल्न नदिने एमालेले अडान लिएको छ ।
सभामुख पूर्णबहादुर घर्तीले बैठक चलाउने प्रयास गरिरहेका छन् । यसबिचमा नेकपा माओबादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद विमला वली नेकपा माओबादी केन्द्रकै भएको बताए ।
एकदलको सांसदलाइ अर्को दलले कारबाही गर्न नमिल्ने बताए । अर्को बैठक आजै साढे २ बजे बस्नेगरि स्थगित भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)