Logo बिहिवार, आश्विन १ गते २०८३
images

एक हप्ते केन्पो खुकुरी प्रशिक्षक प्रशिक्षण बुटवलमा सम्पन्न

एक हप्ते केन्पो खुकुरी प्रशिक्षक प्रशिक्षण बुटवलमा सम्पन्न

  • 3.9K
    SHARES

  • एक हप्ते केन्पो खुकुरी प्रशिक्षक प्रशिक्षण बुटवलमा सम्पन्न

    बुटवल,भदौ ७ । 

    केन्पो खुकुरी प्रशिक्षकहरुको एक हप्ते प्रशिक्षण कार्यक्रम समापन भएको छ। केन्पो खुकुरी खेलको प्रचारप्रसार गर्ने उदेश्यका साथ लुम्बिनी प्रदेशमै पहिलोपटक कार्यक्रम गरिएको हो।

    प्रशिक्षक राजकुमार पाण्डेले फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरि चार विधामा प्रशिक्षण गराईएको बताए। नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका अध्यक्ष पुर्ण पाण्डेले प्रशिक्षणमा चार विधाको बारे प्रशिक्षकहरुलाई सीप क्षमता सिकाईएको भन्दै थप विधाहरु विस्तार गरिने बताए।

    प्रतियोगितामा परेका खेलाडीहरुलाई कोषबाट सहयोग गरिने उनले बताए ।  प्रदेशले जिल्लाबाट छनौट गरेर पठाउने र यो एउटा महत्वपुर्ण प्रतियोगिता गराउने उनले बताए। खेलमा नाम नै खुकुरी राखेर एउटा पहिचान नेपालीको पहिचान गराउने गरि अगाडि बढेको उनले बताए। काठमाण्डौमा असोज ८ र ९ गते हुने प्रतियोगितामा प्रशिक्षण सहयोगी हुने बताए।

    प्रतियोगितामा प्रथम हुने प्रदेशलाई १ लाख रुपैया नगदसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। दोस्रो २५ हजार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । फ्रान्सबाट शुरु भएको यो खेलमा करातेजस्तै विभिन्न हाउभाउसहित हात र खुट्टा चलाएर खेलिने बताए। प्रशिक्षक राजकुमार पाण्डेले एक हप्ताभर देशका सात प्रदेशका प्रशिक्षकहरु बिच खेलबारे ब्यवहारिक सिकाई भएको बताए।

    लुम्बिनी प्रदेश ईन्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताईन। आत्मरक्षा हुँदै अन्तराष्ट्रिय प्रतियोगिताका रुपमा पहिचान भएको यो खेलको विकासमा संगठनात्मक रुपमा अघि बढेको बताए। 
    कार्यक्रममा संघका केन्द्रीय संघका वरिष्ठ उपाध्यक्ष बद्रिदेव वाईवा,  जिल्ला अध्यक्ष कृष्ण थापा, समाजसेवी रत्नहरि गौतमले मार्शल आर्टको क्रेजलाई बढाउन महत्वपुुर्ण हुने बताए। 

    जिल्ला खेलकुद विकास समितिको हलमा मंगलबारदेखि शुुरु भएको प्रशिक्षण कार्यक्रममा सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षक सहभागी भएका थिए। प्रशिक्षण तालिममा केन्पोका प्रशिक्षक रमेश निरौला, राजकुमार पाण्डे र प्रशिक्षक राजिवसिह क्षेत्रीले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा खेलाडीहरुले खुकुरी, काता प्रस्तुती गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology