बुटवल,भदौ ६ ।
बटौली बेकरी क्याफेको पार्किङबाट चोरी भएको मोटरसाइकल पाल्पाको अर्गलीमा फेला परेको छ । बुटवलको पाल्पा बसपार्कमा छेउमा संचालित क्याफेबाट भदौ ४ राती राति ९ः३० बजेतिर चोरी भएको थियो ।
ब्यवसायी दिनेश श्रेष्ठको २२० सीसीको लु ७७ प ८२४७ को सेतो रङको पल्सर गएराति पाल्पाको अर्गली प्रहरीले नियन्त्रणमा लिएको हो । सो मोटरसाइकल सहित बुटवल देवीनगरको आलमदेवी वर्कसपमा काम गर्ने आर.एन शर्मा पनि पक्राउ परेका छन् । प्रहरीले उनलाइ हिजो रातिदेखि बिहानसम्म नियन्त्रणमा राखेपनि चोरी गर्ने शर्माले मोटरसाइकलको कागजपत्र ल्याउँछु भनेर गएको र फरार रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पाल्पा अर्गलीबाट बुटवल ल्याएको मोटरसाइकल धनि दिनेश श्रेष्ठले नागरिक अनलाइनलाई जानकारी दिए । ३ लाख ६० हजार मुल्यमा खरिद गरेको ५ दिनमै सो बाइक चोरी भएको थियो ।
यसबारेमा सबैभन्दा पहिले खरिद गरेको ५ दिनमै बुटवलका ब्यवसायी श्रेष्ठकै पार्किङबाट पल्सर मोटरसाइकल चोरी भनेर नागरिक अनलाइनले समाचार लेखेको थियो ।
मोटरसाइकल खोजबिन गर्न मदत गर्ने प्रहरी,पत्रकार,तथा शुभेच्छुकलाइ श्रेष्ठले धन्यबाद समेत दिएका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)