Logo बुधवार, श्रावण १३ गते २०८३
images

कञ्चनका ५० विपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

कञ्चनका ५० विपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

  • 2.0K
    SHARES

  • कञ्चनका ५० विपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

    बुटवल,भदौ ६ ।

    कञ्चन गाउपालीका–२, मुसहर बस्ती क्षेत्रका विपन्न मुसरहर तथा दलित समुदायका मजदुरी गरेर गुजारा गर्ने ४० घरपरिवारलाई खाद्यान्न तथा १० जनालाई स्वास्थ्य सामाग्रि वितरण गरिएको छ ।

    मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजना तथा रुपन्देही शाखाको सहकार्य र नेपाल आर्याल्याण्ड समाजको आर्थिक तथा सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुको स्वास्थ्य सामाग्री सहयोगमा कोरोनाका महामारीका कारण दैनिक छाक टार्न समस्यामा परेका घर परिवार छनोट गरी दैनिकी गुर्जान सहयोग होस् भनेर एक कार्यक्रमका बिच सनिबार खाद्यान्न वितरण गरिएको हो ।
    गरिबीका कारण कोही भोकै बस्न नपरोस् भन्ने उद्देश्यले कोरोनाले रोजगारी गुमाई पीडामा परेकालाई सहयोग गरेको संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिनुभयो । चामल, दाल, नुन, चिउरा ,स्वाबिन लगायत स्वास्थ्य सामाग्री गरि १लाख ३० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको उहांको भनाई छ ।महिला,बालबालिका तथा आर्थिक रुपमा बिपन्न वर्ग तथा दलित समुदायको क्षेत्रमा हुने बिभिन्न समस्या समाधानका लागि सकरात्मक भुमिका निर्वाह गरिरहेको र आगामि दिनमा पनि समाज परिवर्तनका लागि काम गर्ने बताउनु भयो ।
    कार्यक्रमा संस्थाका प्रदेश र रुपन्देही,कपिलबस्तु र नवलपरासी जिल्लाका पदाधिकारी, सैनामैना नगरपालीका र कञ्चन गाउपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा सहयोग हस्तान्तरण गरिएको थियो भने खाद्यान्नका लागि नेपालका विभिन्न क्षेत्रमा जन्मेर रोजगारीको शिलसिलामा आएरल्याण्डमा बसोबास गरि सामाजिक क्षेत्रमा काम गर्दै आएकाहरूको सहयोग तथा सामाजिक क्षेत्रमा क्रियाशिल संस्था सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुले स्वास्थ्य सामाग्रि उपलब्ध गराएको खड्काले जानकारी दिनुभयो ।

    कञ्चन गाउपालीका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले स्थानिय तहमा भौतिक बिकास निमार्णका काम गरे जस्तै रोजगारीको अवसर सिर्जना गर्न नसक्दा तत्काल जनताको आर्थिक स्तर उकास्न समस्या परेको बताउदै समस्या समाधानका लागि बर्षेनी बजेट छुट्यााएर स्थानीयको जिविको पार्जनमा सहज बनाउन विभिन्न किसिममा सिप तथा आयमुलक तालिम दिदै आएको बताउनु भयो ।पालीकाले बिपन्न मुसहर समुदायलाई बस्नको लागि घर समेत बनाईदिइको भन्दै आगामि दिनमा पनि पछाडि परेको वर्ग समुदायको उत्थान तथा संरक्षण र प्रबद्धनका लागि आफुले कुनै कसुर बाकी नराख्ने बताउनु भयो ।
    त्यस्तै सैनामैना नगरपालिका उपप्रमुख बिना राना मगरले महिला,दलित,मधेशी तथा सिमान्तकृत समुदायको उत्थानका लागि स्थानीय सरकारले सक्दो पहल गरेको बताउनु भयो । सरकारले ल्याएका योजना कार्यान्वयनका लागि सबैले पहल गर्नु पर्छ ।पालिकाले गर्नु पर्ने काम संस्थाले गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा रचनात्मक कार्य गर्न सदैव हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो भने सहकार्यका लागि अनुरोध गर्नुभयो ।

    गाउँपालिका उपाध्यक्ष गोमा तरामु मगरले स्थानियस्तरमा महिला,बालबालिका,दलित तथा अपाङ्गहरुका लागि बिभिन्न कार्यक्रम ल्याएको बताउनु भयो । समाजमा अझै पनि महिलाहरुलाई दास्रो दर्जाकै रुपमा हेरिने हुदां विभिन्न किसिमका घरेलु हिंशाको शिकार बन्नु परको तथा बालबिवाहका कारण किशोरीहरुको बिचैमा पढाई रोकिने र प्रजनन सम्बन्धि विभिन्न समस्या देखिने गरेको तर्क गर्दै हिंशा बिरुद्ध बोल्न ,आयआर्जन गरि आत्म निर्भर बन्नका लागि आफना छोरीहरुलाई स्कुल पढाउन अभिभाबकहरुलाई आग्रह समेत व्यक्त गर्नु भयो ।

    कार्यक्रममा गाउँपालिकाका वडा न।२ का अध्यक्ष शेर बहादुर थारु, सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुका पोमनारायण पौडेल,नेपाल बिकास केन्द्रका अध्यक्ष माधब सापकोटा , कार्यपालीका सदस्य रेणु कुवर,सरला ढकाल,संस्थाका नवलपरासी जिल्ला संयोजक लक्ष्मी भुषाल,कपिलबस्तु संयोजक चन्दा सापकोटा अर्याल लगायतले बोल्दै गरिबी न्युनीकरणका लागि सरकार तथा सरोकारवाला निकाय सबैले हातेमालो गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

    समाजमा हुने सबै प्रकारका हिंशा बिरुद्ध जुट्न तथा स्वरोजगार आत्म निर्भर बन्न स्वयम सेवाग्राहीले आफनो अधिकारको प्रयोगका लागि स्थानीय तहलाई बेला बेलामा झक्झकाउनु पर्ने समेत बताउनु भयो ।

    मेचिमहाकाली संयुक्त बुहारी आवाज लुम्बिनी प्रदेश द्धारा यस अघि पनि पाल्पा ,नवलपरासी,कपिलबस्तु बाके लगाएतका जिल्लाहरुमा राहात बितरण गरिसकेको छ । कार्यक्रमा संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता ,रुपन्देही जिल्ला शाखाका कोषाध्यक्ष ईन्दु भुषालको स्वागत मन्तव्य तथा सचिब ईन्द्रा बिक को सन्चालनमा सम्पन्न भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology