बुटवल,भदौ ५ ।
चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । एक महिना अगाडि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएका थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो ।
६४ वर्षीय थापाको उपचारकै क्रममा शनिबार बिहान ४:४० बजे निधन भएको हो ।
थापाले हास्य टेलिश्रृंखलाहरू-हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए । उनको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)