Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट कमल थापा अलग

स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट कमल थापा अलग

  • 1.8K
    SHARES

  • स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट कमल थापा अलग

    बुटवल,भदौ ५ । 

    राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीद्वारा गठित स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । थापाले अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीमध्ये एकलाई सो जिम्मेवारी लिन वा अन्य वरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह समेत गरेका छन् । आफूले जिम्मेवारी त्याग्नुको कारण उनले खुलाएका छैनन् ।

    राप्रपाले अध्यक्ष थापाको नेतृत्वमा गत साउन ८ गते मात्रै स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको थियो । गठन भएको एक महिना नपुग्दै थापाले जिम्मेवारी त्यागेका हुन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology