Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘ १० बुँदे कार्यान्वयन नभए एमालेमा बिद्राेह गर्ने चेतावनी’

‘ १० बुँदे कार्यान्वयन नभए एमालेमा बिद्राेह गर्ने चेतावनी’

  • 2.5K
    SHARES

  • ‘ १० बुँदे कार्यान्वयन नभए एमालेमा बिद्राेह गर्ने चेतावनी’

    बुटवल,भदौ ५ ।

    नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपाललाई साथ नदिई पार्टी एकता हुनुपर्ने बताइरहेका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई दुइ दिने अल्टिमेटम दिएका छन्।

    पार्टीभित्रको विवाद समाधानको लागि गठन भएको कार्यदलले असार २७ मा तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेताहरुले अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका हुन्।

    एमालेमा रहँदा नेपाल समूहमा रहेका स्थायी समिति सदस्यहरू भीम रावल युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरालगायतका नेताहरुको महाराजगञ्जमा बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयन नगर्ने नेता नेपालसँगै यात्रा गर्न जाने चेतावनी दिएको हो। नेताहरुले विघटित कार्यदलले गरेको १० बुँदे सहमति निश्चित समयभित्र कार्यान्वयन गर्नु पर्ने निष्कर्ष निकालेको छ।

    ‘विवाद समाधानको लागि भनेर कार्यदल बनाइयो। एकातिरबाट सुवास नेम्वाङ संयोजक र अर्कोतर्फबाट भीम रावल संयोजक हुनुहुन्थ्यो। यो कार्यदलले १० बुँदे सहमतिका आधारहरु तयार पार्‍यो। त्यो १० बुँदा नै एमाले एक बनाउने आधारहरु हुन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘हामी अन्तिम निर्णय गर्नुपर्छ भनेर छलफलमा जुटेका हौं। १० बुँदे कार्यान्वयनका लागि अध्यक्षलाई जतिसक्दो छिटो प्रक्रिया थाल्न अल्टिमेटम दिने कुरा भएको छ। १० बुँदा कार्यान्वयन नगर्ने हो भने हामी माधवकुमार नेपालसँगै यात्रा गर्न जान्छौं। माधव नेपाललाई बहुमत पुर्‍याइदिन्छौं।’

    नेता राजबहादुर बुढाले केपी ओलीले निर्णय गर्ने तर, कार्यान्वयन गर्दैनन् भन्ने माधव नेपालको भनाइ सही रहेको निष्कर्ष आजको बैठकले निकालेको बताए। ‘केपी ओलीले निर्णय गर्छन् कार्यान्वयन गर्दैनन् भनेर भन्ने माधव नेपालको भनाइ त सही रहेछ भन्ने कुरा आजको छलफलमा भयो,’ उनले भने, ‘१० बुँदे कार्यान्वयन गर्ने विषयमा ठ्याक्कै यस्तै भएको त छ। ओलीले यता निर्णय गर्ने उता तल्लो तहसम्म एकलौटी रुपमा संगठन तयार पार्ने यसरी पार्टी एक गर्न सक्ने कुरा भएन।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology