Logo बिहिवार, आश्विन १ गते २०८३
images

माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने

माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने

  • 9.2K
    SHARES

  • माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने

    बुटवल,भदौ ४ । 

    माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम नेकपा एकीकृत समाजवादी रहने भएको छ ।

    राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।nepal communist pati akikrit.jpg

    यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोग स्रोतले बताएको थियो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।

    त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्याइएको छ । चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन ।

    नयाँ पार्टीका लागि खुला किताब चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो ।

    यस्तै निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी  र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि बोलाएको छ ।

    आयोगका सूचना अधिकारी कोमलप्रसाद धमलाका अनुसार दुवै पार्टीलाई भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology