Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओलीले पार्टी सिध्याएपछि गलत रबैयाको जामा लगाएर नाटक देखाउन सुरू गरे : मुख्यमन्त्री केसी

ओलीले पार्टी सिध्याएपछि गलत रबैयाको जामा लगाएर नाटक देखाउन सुरू गरे : मुख्यमन्त्री केसी

  • 3.2K
    SHARES

  • ओलीले पार्टी सिध्याएपछि गलत रबैयाको जामा लगाएर नाटक देखाउन सुरू गरे : मुख्यमन्त्री केसी

    बुटवल,भदौ ३ । 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधान लाई छिन्नभिन्न पार्न खोज्ने नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आफ्नैै पार्टिलाई नै सिध्याएको बताउनु भएको छ ।

    प्रेस संगठन नेपालले बुटवलमा आयोजना गरेको बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीलाई ओली सिध्याएको छट्पट्टीमा गलत रबैयाको जामा लगाएर नाटक देखाउन सुरू गरेको टिप्पणी गर्नुभयो ।

    संविधानको रक्षा सर्वाेच्च अदालतबाट भएको उहाँले बताउँदै यसले प्रतिगामी तत्वको हार भएको दाबी गर्नुभयो । अहिलेको गठबन्धनलाई कसैले भत्काउन नसक्ने मुख्यमन्त्री केसीले दाबि गर्दै संघिय सरकारसग सहकार्य गर्दै स्थानिय सरकारलाई बलियो बनाउदै समृद्धि लुम्बिनी ,खुशी जनताको नारालाई साकार गरिने बताउनुभयो ।

    यस्तै लुम्बिनी प्रदेशका प्रवक्ता तथा आर्थिक मामिला, योजना मन्त्री कृष्ण ध्वज खड्काले गठबन्धनको सरकारले शाझा कार्यक्रमहरू प्रस्तुत गरेर नयाँ ढंगले प्रदेशलाइ समृद्ध बनाउन तर्फ अघि बढ्ने वताउनु भएको छ ।

    नेकपा एमालेले अहिले प्रदेशमा संसद अबरुद्ध गरेको प्रति उहाँले सहमति, सहकार्य र छलफलबाट अघि बढ्न सकिने बताउनुभयो । प्रवक्ता खड्काले अहिलेको गठबन्धनको सरकारले छिट्टै विश्वासको मत लिने र गठबन्धन लाई मजबुद बनाउदै अघि बढ्ने जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology