Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

कोरोना संक्रमणबाट नेपालमा थप ३३ जनाको मृत्यु ,२३२१ जनामा कोरोना भाइरस संक्रमण

कोरोना संक्रमणबाट नेपालमा थप ३३ जनाको मृत्यु ,२३२१ जनामा कोरोना भाइरस संक्रमण

  • 1.8K
    SHARES

  • कोरोना संक्रमणबाट नेपालमा  थप ३३ जनाको मृत्यु ,२३२१ जनामा कोरोना भाइरस संक्रमण

    बुटवल,भदौ ३ ।

    नेपालमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ४९२ परीक्षणबाट ७५४ जनामा पोजिटिभ देखिएको छ ।

    २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ४३८ परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप २ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ छ ।

    रूपन्देहीमा ४२ जना संक्रमित थपिए :

    रूपन्देहीमा ४२ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १८९ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

    योसँगै जिल्लामा ४५६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ८ जना निको भएका छन् ।

    आज थपिएका संक्रमितमध्ये १६ जना बुटवलमा, ३ जना सिद्धार्थ  नगरपालिकामा, ८ जना तिलोत्तमामा, ६ जना देवदहमा, ५ जना सैनामैनामा र कञ्चनमा, शुद्धोधन र सम्मरीमाईमा एक–एक जना संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३० हजार ७५  पुगेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology