Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नयाँगाऊँ माबिद्वारा आफ्नो नवनिर्मित भवन लुम्बिनी बौद्ध विश्वबिद्यालयलाई हस्तान्तरण

नयाँगाऊँ माबिद्वारा आफ्नो नवनिर्मित भवन लुम्बिनी बौद्ध विश्वबिद्यालयलाई हस्तान्तरण

  • 4.7K
    SHARES

  • नयाँगाऊँ माबिद्वारा आफ्नो नवनिर्मित भवन लुम्बिनी बौद्ध विश्वबिद्यालयलाई हस्तान्तरण

    बुटवल,भदौ ३ ।

    नयाँगाऊँ क्षेत्रलाई शैक्षिक हव बनाउने योजनासहित बुटवल १२ मा रहेको नयाँगाऊँ माध्यमिक बिद्यालयले आफ्नै नवनिर्मित भवन लुम्बिनी बौद्ध विश्वबिद्यालयलाइ हस्तान्तरण गरेको छ ।

    नयाँगांउँक्षेत्रलाई शैक्षिक हवका रुपमा बिकास गर्नका लागि प्ले ग्रुपदेखि मास्टर्स सम्मको अध्ययन गर्ने वातावरण्लाइ सहज बनाउनका लागि लुम्बिनी बौद्ध विश्वबिद्यालयको सिटी क्याम्पस संचालनका लागि सो भवन दिइएको हो ।

    सो भवन करिब २ करोड ११ लाखको लागतमा तयार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोतम वस्यालले बताउनुभयो । नयागाउ माविका अध्यक्ष पुरुषोत्तम बस्यालले विश्वविद्यालयलाई आफ्नो क्षेत्रमा ल्याउदा जीवनकै ठूलो खुसी मिलेको बताउनुभयो । कलेज चलाउने अपुरो योजनाले अव मूर्त रुप लिएको र सबैको सहयोग रहने बताउनुभयो ।

    विद्यालयले बनाएको नवनिर्मित भवन विहिवार एक समारोहका बीच लुम्बिनी वौद्ध विश्वविद्यालयले भोगचलन गर्नेगरि हस्तान्तरण गरिएको बिद्यालयका प्रधानाध्यापक पुरुषोतम भट्टराइले बताउनुभयो ।

    chief nayagaun mavi.jpg

    वौद्ध विश्वविद्यालयलेयसै शैक्षिक सत्रवाट बौद्ध विश्वविद्यालयले बुटवलमा अहिले बिए एल एल बी र बि बि टिटि एम कार्यक्रम सञ्चालन गरेको छ ।

    बुटवल उपमहानगरपालिका भित्र रहेर पनि पछाडी पारिएको भन्दै निकै चर्चा गरिने बुटवलको बेलवास नयाँगाउमा विश्व विद्यालय संचालन हुने भएपछि स्थानिय खुसी भएका छन् । नयँगाउ क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने योजनासहित विश्वविद्यालय ल्याउनका लागि यसक्षेत्रका समाजसेवीहरु जुटेका हुन् ।

    विश्वविद्यालय ल्याउनका लागि नयागाउ माध्यमिक विद्यालयले पूर्वाधारसहितको करिव ५ बिगाहा जग्गा प्रदान गरेको छ । नयँगाउको नदी उकाश क्षेत्रमा क्याम्पस चलाउने योजनासहित विद्यालयले पूर्वाधार बनाएको थियो । स्थानीयले विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक संरचना निर्माणका लागि भन्दै आयोजना गरिएको महायज्ञवाट संकलित रकमवाट वनाईएको संरचनालाई विश्वविद्यालयलाई दिइएको हो ।

    विश्वविद्यालयलाई हस्तान्तरण गरिएपनि अवका अवसर,लगानी,अनुदानको थप ब्यबस्था,रोजगारी,छात्रबृत्ति लगायतका बिषयमा गम्भिर भएर सहकार्य गर्नुपर्ने नयागांउ माबिका पूर्व अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यको भनाइ छ ।बुटवलको बेलबासमा बिहिबार भएको एक अन्र्तक्रिया कार्यक्रममा सहभागि विद्यालयका पदाधिकारी, चन्दादाता, अभिभावक तथा जनप्रतिनिधिहरुले विश्वविद्यालय आउदा यो क्षेत्र नै शैक्षिक हव बन्ने विश्वास व्यक्त गरेका छन् ।

    सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले आफू बुटवलको मेयर हुदाँ नयाँगाउँ क्षेत्रमा क्याम्पस चलाउन बनाएको योजनाले अहिले सार्थकता पाएको बताउनुभयो । तिनाउ पारीको विकास शैक्षिक विकासबाटै हुने भन्दै बौद्ध विश्वविद्यालयको एउटा कजेलेले नयाँगाउँ क्षेत्रकै स्वरुप फेरिने विश्वास ब्यक्त गर्नुभयो ।


    तिनाउ पारीको भुभाग अव ग्रामिण क्षेत्रमा मात्रै सीमित नभएको भन्दै उहाले शिक्षाको विकासबाट यसको स्वरुप फेरिने उहाको भनाइ छ ।प्रदेशसभा सदस्य खड्ग केसीले बुटवल उपमहानगरभित्र रहेरपनि पछि परेको नयाँगाउँ आसापासको क्षेत्रलाई शैशिक हवको रुपमा विकास गर्नुपर्ने भन्दै विश्वविद्यालयले सो सपना पुरा गर्ने विश्वास गर्नुभयो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले नयाँगाउँ क्षेत्रलाई शिक्षाको अग्रणी स्थान बनाउने योजनालाई विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।विश्वविद्यालयका रजिष्ट्रार डा.तिलक आचार्यले विश्वविद्यालय विशाल स्वरुपमा खडा हुने भएकाले नयांगाउंबासीले विश्वविद्यालय ल्याउने र विकास गर्ने विषयमा स्थानीयले खुला हृदयले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    नयागाउमा प्राप्त जग्गाको सट्टामा विश्वविद्यालयले कुनै आर्थिक सहयोग नगर्ने भन्दै आचार्यले विश्वविद्यालय स्थापनापछि हुने लाभ नै स्थानीयको उपलब्धी हुने बताउनुुभयो । रोजगारी, स्थानीय विद्यार्थीको पठन पाठन, सयौं विद्यार्थीले पढ्दा हुने व्यापार व्यवसाय नै नयाँगाउँका स्थानीयको उपलब्धी हुने र  दक्ष शैक्षिक जनशक्ति भए अहिले नै रोजगारी दिन सक्ने अवस्था रहेको समेत उहाले बताउनुभयो ।

    lumbini buddha university nayagaun.jpg

    विद्यालयका बरिष्ठ सल्लाहकार डीआर घिमिरेले विश्वविद्यालयलाई समुदायले नै अपनत्व लिएर अघि बढ्ने विश्वास दिलाउनुभयो ।सो अवसरमा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोतम वस्याल, बुटवल १२ का वडाध्यक्ष दुर्गा सुबेदी,सल्लाहकार घनलाल वस्याल, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण खड्का ,शिक्षक रामप्रसाद वन्जाडे लगायतले विश्वविद्यालयले स्थानिय जनतालाई रोजगारी ,उच्च शिक्षा अध्ययनमा सहुलियत लगायतका प्रतिफलमा जोडन माग गर्नुभयो ।

    उपलब्ध भएको सो जग्गा क्षेत्रको स्वरुप नै परिवर्तन गर्ने गरि विश्वविद्यालयले चरणमा करिव ९ करोड लागतमा भवन निर्माण र वाउण्ड्री वाल निर्माणको काम गर्न लागेको जनाएको छ ।

    nayagaun mavi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology