बुटवल, भदौ २ ।
खुद्रा किराना व्यावसायी संघ रुपन्देहीे र देउराली उपभोक्ता सहकारी संस्था लिमिटेड बुटवलको संयुक्त आयोजनामा बुटवलमा मास्क वितवरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
संघको कार्यालय कालिकानगरदेखि दुवै संस्थाका पदाधिकारीहरुले राजमार्ग चौराहासम्म मास्क वितवरण गर्दे पुगेका थिए । कोरोना महामारीको बेला सडकमा मास्क नलगाई हिडेका व्यक्तिहरुलाई मास्कको महत्व दर्शाउदै मास्क वितरण गरिएको संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेले बताए ।
उनीहरुले राजमार्ग चौराहमा रहेको अस्थाई प्रहरी विटका प्रहरीलाई पनि मास्क प्रदान गरेका थिए । खुद्रा किराना व्यावसायी संघमार्फत संचालीत देउराली उपभोक्ता सहकारी हो ।
संघका महासचिव गोपाल कुमार प्रधानले १ हजार मास्क वितवरण गरेको बताए । उनले सवैले मास्क लागाउदाँ कोराेना नियन्त्रण लागि सहज हुने भएको यस्तो काम गरेको बताए । पछिल्ला दिनहरुमा कोराना संक्रमण बृद्धि हुदै गएपनि मानिसहरुकोले मास्क लगाउनको लागि लापरवाही गरेको देखिन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)