Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बागमतीमा पौडेलले राजीनामा दिएपछि शाक्यलाई आजै मुख्यमन्त्रीको शपथ गराउने तयारी

बागमतीमा पौडेलले राजीनामा दिएपछि शाक्यलाई आजै मुख्यमन्त्रीको शपथ गराउने तयारी

  • 2.7K
    SHARES

  • बागमतीमा पौडेलले राजीनामा दिएपछि शाक्यलाई आजै मुख्यमन्त्रीको शपथ गराउने तयारी

    बुटवल,भदाै २ ।

    नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा शपथ लिने भएकी छिन्। मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई आजै मुख्यमन्त्रीको शपथ गराउने तयारी रहेको एमाले एक प्रदेश सांसदले बताए।

    शाक्य यसअघि नेपाल पक्षमै थिइन्। तर, उनले विभाजनमा साथ दिइनन्।  शाक्यलाई मुख्यमन्त्री बनाउने भएपछि दलको नेताबाट पौडेललाई राजीनामा गर्न लगाएर उनलाई बुधबार नै दलको नेता बनाएको थियो। ‘बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईं हेटौँडाबाहिर हुनुहुन्छ। उहाँ आएपछि आजै शपथ खुवाउने तयारी गरिएको छ’ ती सांसदले भने, ‘प्रदेश प्रमुखले शपथ गराएपछि शाक्यले आजै कार्यभार सम्हाल्नुहुन्छ।’

    बागमती प्रदेशमा एमालेका बहुमत सांसद भएकाले त्यसैलाई देखाएर शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको हो। प्रदेशस सभामा कूल १०९ जना सदस्यमध्ये एमालेका ५५ जना छन्।

    एमालेका वरिष्ठ नेता नेपालले बुधबार नै एमाले समाजवादी दर्ताक लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। तर, बागमती प्रदेश सभामा रहेका कति जना उनको पक्षमा लाग्छन् भन्ने स्पष्ट भइसकेको छैन। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology