Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा एमाले फुट्यो : माधव नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी),चुनाव चिह्न खुला किताब

नेकपा एमाले फुट्यो : माधव नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी),चुनाव चिह्न खुला किताब

  • 3.8K
    SHARES

  • नेकपा एमाले फुट्यो : माधव नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी),चुनाव चिह्न खुला किताब

    बुटवल,भदौ २ ।

    अन्तत: नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।

    पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology