Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पूर्वी नवलपरासीको दाउन्नेमा पहिरोले बस पुर्याे, एक जनाको मृत्यु ७ घाइते

पूर्वी नवलपरासीको दाउन्नेमा पहिरोले बस पुर्याे, एक जनाको मृत्यु ७ घाइते

  • 6.7K
    SHARES

  • पूर्वी नवलपरासीको दाउन्नेमा पहिरोले  बस पुर्याे, एक जनाको मृत्यु ७ घाइते

    बुटवल,असोज ९- 

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा पहिरोले एउटा बस पुरेकाे छ । बस पुरिदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ना ५ ख ६९४० नं को बस बिहीबार रातीको पहिरोले पुरेकाे हाे ।अबरुद्ध सडक एकतर्फी रुपमा खुलेको छ ।  

    मत्यु हुनेमा रुकुम पश्चिम आठबीसकोटका हरिषचन्द केसी रहेका छन् । बिहीबार राति ९ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।

    प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ बर्षीया महिला प्रतिभा खड्का, सोही स्थानका १० बर्षीय प्रज्ञान बस्नेत, १६ बर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपलिका ७ निवासी ३५ बर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० बर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ बर्षीया शिवा पुन गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ ।daunne.jpg

    उनीहरुमध्ये ४ जना घाइतेको भरतपुर मेडिकल कजेज र अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा १७ जना रहेका थिए ।

    दाउन्नेको विश्वकर्मा बाबा मन्दिर नजिकै सडक माथिबाट पहिरो पन्छाएपछि एकतर्फी सडक खुलेको जिल्ला ट्राफिक कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । ४० घण्टासम्म अवरुद्ध रहेको सडक शुक्रबार बिहान एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आश्विन ९ २०७७०९:११:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology