बुटवल,भदाै १ ।
रूरू मिलन केन्द्र नेपालले पांचौ स्थापना दिवस मनाएको छ ।
मृगौला रोगबाट ग्रसित गुल्मी रुरुक्षेत्र वडा ३ निवासी बिष्णु र शिला ज्ञवालीको २३ बर्षिय छोरी सिसम ज्ञवालीको उपचारमा सहयोग पुर्याउनका लागि चालिस हजार पाँच सय आर्थिक सहयोग गरेर रूरू मिलन केन्द्रले पांचौ स्थापना दिवस मनाएको अध्यक्ष जमुना सुबेदीले बताउनुभयो ।बुटवलमा एक कार्यक्रमका बिच बिरामीको आमा,काका र बैनिलाइ सो रकम हस्तान्तरण गरिएको हो ।
समाजको स्थापनादेखि नै सेवामुखी कार्यलाई निरन्तरता दिदै अगाडि बढिरहेको सचिव अनुपमा श्रेष्ठले बताउनुभयो । सो सहयोग रकम समाजका पदाधिकारी,सल्लाहकार,सदस्यहरुले नै उठाएर बिरामीलाइ दिइएको रुरु मिलन केन्द्र नेपाल रुपन्देहीले जनाएको छ ।
मृगौला पिडित ज्ञवाली परिवारले आर्थिक सहयोगको याचना समेत गरेका छन् उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतामा उपचार भैरहेको छ ।
सहयोग गर्न चाहनुभएमा सिसनको नाममा रहेको तिनाउ मिसन बैंकको खाता न ००४०००१७७०१ एन मा जम्मा गर्न सक्नुहुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)