Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशसभामा निर्मला मुठभरीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

लुम्बिनी प्रदेशसभामा निर्मला मुठभरीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

  • 2.6K
    SHARES

  • लुम्बिनी प्रदेशसभामा निर्मला मुठभरीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

    बुटवल,भदाै १ ।

    जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा निर्मला मुठभरी भट्टराईलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

    यसअघि सांसद कल्पना पाण्डेयले पार्टी निर्णय र ह्वीप उल्लंघन गर्दै शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो ।

    पाण्डेयको स्थानमा रुपन्देहीको सियारी गाउँपालिका छपियाकी निर्मलालाई सिफारिस गरेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

    पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सोमबार यसबारे निर्णय गरेको र मंगलबार निर्वाचन आयोगमा पार्टीको सिफारिस दर्ता गरिएको यादवले बताए ।

    लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये कल्पना पाण्डेयसहित सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादव कारबाहीमा परेका थिए ।NIC-ASIA-BANK-BANNER-scaled.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology