Logo बिहिवार, आश्विन १ गते २०८३
images

१० लाख राशीको बासु रोटरी भोकेशनल सुशासन अवार्ड शिवाकोटी र रिजाललाई दिइने

१० लाख राशीको बासु रोटरी भोकेशनल सुशासन अवार्ड शिवाकोटी र रिजाललाई दिइने

  • 4.6K
    SHARES

  • १० लाख राशीको बासु रोटरी भोकेशनल सुशासन अवार्ड शिवाकोटी र रिजाललाई दिइने

    बुटवल,असोज ९- 

    चर्चित पत्रकार अजयबाबु शिवाकोटी बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९-२०बाट पुरस्कृत हुने भएका छन्  । उनले यसअघि तत्कालिन सभमुख कृष्णबहादुर महरा काण्ड र सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा तत्कालिन मन्त्री गाेकुल बास्काेटाकाे घुस बार्गेनिङ्ग काण्डकाे पर्दाफास गरेका थिए ।

    रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक समेत रहेका शिवाकोटीलाई पुरस्कृत गर्ने भएको हाे । 

    सुशासनका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशीको अवार्ड यस बर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरुलाई दिने निर्णय भएअनुसार शिवाकोटीसहित आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई प्रदान गरिने भएको रोटरीले जनाएको हो । 

    स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रोत्साहन गर्दै यस बर्षको अवार्ड प्रदान गरिने रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरण लाल श्रेष्ठले जानकारी दिए ।

    यसै बर्षदेखि प्रदान गर्न शुरु गरिएको बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।  अवार्ड इञ्जिनियर रोटेरियन सुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेका हुन् । 

    ई.जोशी रोटरी क्लब अफ यल(पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन् ।रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गदै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशबाट एक एक जना गरी ७ जना उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।

    यसरी पुरस्कृत हुनेहरुमा विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक( जाजरकोट र उन्नति चौधरी कैलाली छन् । 

    त्यसैगरी विभिन्न ५ विधामा निरन्तर कलम चलाउने ५ जना पत्रकारहरुलाई ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२०बाट पुरस्कृत गरिएको छ । 

    यस अवार्डबाट पुरस्कृत हुनेहरुमा आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडौ, वातावरण पत्रकारिता क्षेत्रवाट टिका वन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौं, शिक्षा पत्रकारितातर्फ दिपेन्द्र प्रसाद सिंह (न्यूज कारोवार डट कम र आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रवाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौं र महिला संचारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौं रहेका छन् । उक्त पुरस्कारको राशी जनही रु २५ हजार रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology