Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीमा १५ भदौसम्म लम्बियो निषेधाज्ञा, तीजमा भीडभाड गरेर नाँच्न नपाईने

रूपन्देहीमा १५ भदौसम्म लम्बियो निषेधाज्ञा, तीजमा भीडभाड गरेर नाँच्न नपाईने

  • 4.5K
    SHARES

  • रूपन्देहीमा १५ भदौसम्म लम्बियो निषेधाज्ञा, तीजमा भीडभाड गरेर नाँच्न नपाईने

    बुटवल साउन ३२ ।

    रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि लम्ब्याईएको छ ।

    सोमबार दिउँसो बसेको डिसीसीएमसीको बैठकले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता साहयक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

    तीज नजिकिदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हाे । तीजमा थप भीडभाड गर्न नपाइने भएको छ ।

    रुपन्देहीमा बैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी छ । संक्रमणदर घट्दै गएपछि असारबाट निषेधाज्ञा क्रमश खुकुलो गर्दै लगिएको छ । यस अघि जारी भएको आदेशलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज जारी गरेको सुचनामा भनिएको छ ।

    tej.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology