Logo बिहिवार, आश्विन १ गते २०८३
images

साहसी कदमले जित्यो २० हजार पुरस्कारसहित ‘नेशनल रेन्बो कल्चरल डान्स’को उपाधि

साहसी कदमले जित्यो २० हजार पुरस्कारसहित ‘नेशनल रेन्बो कल्चरल डान्स’को उपाधि

  • 3.1K
    SHARES

  • साहसी कदमले जित्यो २० हजार पुरस्कारसहित ‘नेशनल रेन्बो कल्चरल डान्स’को उपाधि

    बुटवल साउन ३२ ।

    नेशनल रेन्बो कल्चरल डान्स प्रतियोगिताको उपाधि रुपन्देहीको साहसी कदम नेपालले जितेको छ । रुपन्देहीको तिलोत्तमामा सम्पन्न प्रतियोगितामा देशभरबाट प्रतिनिधित्व गरेका प्रतियोगी समूहलाईपछि पार्दै साहसी कदम प्रथम भएको हो । उपाधिसँगै साहसी कदमले नगद रु २० हजार प्राप्त गरेको छ ।

    त्यसैगरी दि डाइनामिक क्रियू समूह नवपरासी द्वतिय,मानव सचेतना समाज चितवन तृतिय र सुदुरपश्चिम समाज धनगढी सान्त्वना भएका छन् । उनीहरुले क्रमशः नगद रु १५,१० र ५ हजार प्राप्त गरे ।एक्लोलाई सहारा दिने वृक्ष समूह रुपन्देही,भैरहवाद्वारा आयोजित प्रतियोगिता देशभरबाट ६ वटा समूहको सहभागिता रहेको थियो ।

    ‘नाचौं र खुशी भई बचौं’ भन्ने नाराका साथ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा देशभरबाट यौनिक तथा अल्पसंख्यक समुदायका कलाकारहरुको सहभागिता रहेको थियो । आफ्नै भेषभूषा र संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने प्राथमिकता अनुसार सांस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाकी उपाध्यक्ष अस्मिता रानाले बताइन् ।

    कार्यक्रम संस्थाकी उपाध्यक्ष अस्मिता रानाको अध्यक्षता,तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीको प्रमुख आतिथ्यता ,दलित पत्रकार महासंघका केन्द्रिय अध्यक्ष तथा पूर्व संविधान सभा सदस्य विनोद पहाडीको विशिष्ट आतिथ्यता र मानव अधिकार परियोजनाका संयोजक रेशम न्यौपानेको सञ्चालनमा भएको थियो । त्यसैगरी प्रतियोगितामा गुरु कमल,अनु रजक,पुनम थापा,मुकेश गुरुङ र पूर्णिमा गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    कार्यक्रममा आयोजक संस्था एक्लोलाई सहारा दिने वृक्ष समूहकी अध्यक्ष अवन्तिका घर्ती,कार्यक्रम संयोजक मनिला न्यौपाने ,साहसी कदम नेपालकी अध्यक्ष आनिक राना,नवजीवन कपिलबस्तुकी प्रमुख प्रेरणा विष्ट,सुदुर पश्चिम समाजकी संयोजक करुणा नेपाल,मानव सचेतना समाज,रुपन्देहीका देवनारायण श्रेष्ठ,महिला शसक्तिकरण नेपालकी पुष्पा लामा , डब्लुडब्लुजे रुपन्देहीकी अध्यक्ष कल्पाना तिवारी नमूना एकिकृत परियोजनाकी ज्ञानु पौडेल,महिला मानव अधिकृत हेमा न्यौपाने, लगाएतको उपस्थिति रहेको थियो ।

    tej.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology