बुटवल,साउन ३२ ।
बिगत २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ । एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)