Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काउन्सिल अफ एम्स स्टुडेन्ट्स (क्यास)ले  बुटवल र मणिग्राममा बाँड्यो २ हजार थान मास्क

काउन्सिल अफ एम्स स्टुडेन्ट्स (क्यास)ले  बुटवल र मणिग्राममा बाँड्यो २ हजार थान मास्क

  • 5.6K
    SHARES

  • काउन्सिल अफ एम्स स्टुडेन्ट्स (क्यास)ले  बुटवल र मणिग्राममा बाँड्यो २ हजार थान मास्क

    बुटवल,साउन ३२ ।

    काउन्सिल अफ एम्स स्टुडेन्ट्स (क्यास)ले  बुटवल र मणिग्राममा निशुल्क मास्क बितरण गरेको छ ।

    कोरोना भाइरस संक्रमण दैनिकरुपमा बढ्दै गइरहेकोले सचेतना जगाउनका लागि रुपन्देहीका २ स्थानमा गरि २ हजार मास्क बितरण गरिएको एम्स कलेज बुटवलको विद्यार्थी समूह संस्था काउन्सिल अफ एम्स स्टुडेन्ट्स (क्यास)का अध्यक्ष रामप्रसाद पाण्डेले नागरिक अनलाइनलाई बताए ।

    बुटवलको राजमार्ग चौराहामा र तिलोत्तमाको मणिग्राम चोकमा सडकमा हिंडेका तथा सवारीमा मास्क नलगाएकाहरुलाइ मास्क बितरण गर्दै स्वास्थ्य सचेतनाका बारेमा समेत जानकारी गराइएको थियो ।

    cash.jpgक्यासका अध्यक्ष राम प्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी एम्स एजुकेसन फाउन्डेसनका कार्यकारी प्रमुख गोपाल प्रसाद न्यौपाने ,विशिष्ट अतिथी क्याम्पस प्रमुख बिकास श्रेष्ठ,निबर्तमान क्याम्पस प्रमुख दिपक ढकाल,गाेविन्द शर्मा बस्याल लगायतले बोल्दै बिद्यार्थीहरुको सकारात्मक कामको प्रशंसा गरेका थिए ।

    कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु,बिद्यार्थी तथा क्यासका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।cas manigram.jpg

    बिद्यार्थीहरुले कोभिड १९ बाट बंच्ने उपाय तथा सर्तकता अपनाउने सन्देश बोकेका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए ।सो कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी अधिकारीहरुले सडकमा मास्क बितरणमा सहयोग पुर्याएका थिए ।

    mask.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology