Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स सिद्धबाबा भृकुटीद्वारा देवदह १० गैरीगाँउमा ७० हजार बराबरको खाद्यान्न बितरण

लायन्स सिद्धबाबा भृकुटीद्वारा देवदह १० गैरीगाँउमा ७० हजार बराबरको खाद्यान्न बितरण

  • 3.6K
    SHARES

  • लायन्स सिद्धबाबा भृकुटीद्वारा देवदह १० गैरीगाँउमा ७० हजार बराबरको खाद्यान्न  बितरण

    बुटवल,साउन ३० । 

    लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीले रूपन्देहीको  देवदह १० गैरीगांउमा खाद्यान्न बितरण गरेको छ । अति बिपन्न दलित बस्ती रहेको गैरीगाँउमा पुगेर  २५ घरपरिवारका लागि खाद्यान्न बितरण गरेको हो  ।

    क्लवले २५ बोरा चामल,५० केजी दाल, ,५० केजी पिठो,२५ केजि चिउरा,१ बोरा सोयाबिन,तेल ५ पेटि,मास्क,र चप्पल गरि करिब ७० हजार बराबरको खाद्यान्न तथा सामाग्री  बितरण गरेको क्लवका अध्यक्ष अमृता कार्की पाैडेलले बताइन् ।

    क्लवका अध्यक्ष अमृता कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पिडिजी एमजेएफ महेन्द्रनारायण श्रेष्ठले  सिद्धबाबा भृकुटीले सहि समयमा उपयुक्त गाँउ रोजेकोमा धन्यबाद दिदै सेवाभावमा सबैको साथ रहनुपर्ने बताए ।

    सो अवसरमा देवदह १० का वडासदस्य अमर लामिछाने,डिस्ट्रिक चिफ एडभाईजर उमंग देबकोटा,एरिया चिफ कोअर्डिनेटर जीवन गौतम,कार्यक्रम संयोजक बिष्णु बोहोरा, क्लवका कोषाध्यक्ष सीता रायमाझी,सचिव सचिब कमला थापा क्षेत्री ,स्थानीय कमल पोखरेल,रोहिणी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष चन्द्रबहादुर रसाइली लगायतले बोलेका थिए ।

    कार्यक्रममा पुर्व अध्यक्ष राधिका भुसाल,अनमिका घिमिरे,पार्वती ज्ञवाली ,रिजन चियस पर्सन  सुस्मा केसी,जोन चियस पर्सन तुल्सा न्यौपाने सिंह,फस्ट भिपि कमला पन्त लगायत क्लवका पदाधिकारी,सदस्य शुभेच्छुक तथा स्थानीयको आमा समुह सहभागिता रहेको थियो।

    गैरीगाँउलाइ माइ लायन्स भिलेजका रूपमा अगाडी बढाइने :lions village.jpg

    साथै एक समारोहका बिचमा देवदह १० को  गैरीगाँउलाइ माइ लायन्स भिलेजका रूपमा अगाडी बढाइने भएको छ ।त्यसका लागि गाउँमा माइ लायन्स भिलेज गैरीगाँउ लेखेको बोर्ड समेत टाँगिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology