Logo बिहिवार, आश्विन १ गते २०८३
images

नाडाको ४५ औँ अधिवेशन : करण चौधरी नेतृत्वको टोली देश दौडाहामा ब्यस्त

नाडाको ४५ औँ अधिवेशन : करण चौधरी नेतृत्वको टोली देश दौडाहामा ब्यस्त

  • 3.0K
    SHARES

  • नाडाको ४५ औँ अधिवेशन  : करण चौधरी नेतृत्वको टोली देश दौडाहामा ब्यस्त

    बुटवल,साउन ३० । 

    अटोमोबाईल ब्यवसायीहरुको हकहितमा स्थापित भएको लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपालले बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्ष तथा सीजी मोटोकर्प र  सीजी होल्डिंग्स्का कार्यकारी निर्देशक  करण चौधरी, केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र उप्रेतीसंग ब्यवसायिक हकहितका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    नाडाको ४५ औ अधिवेसन आगामी भदौ २५ गते घोषणा भए अनुसार नाडा लुम्बिनीका पदाधिकारी तथा सदस्यहरुलाई भेट्दै नाडाको केन्द्रीय उपाध्यक्ष करण चौधरीले ब्यक्तिको क्षमतालाई अध्ययन गरेर निर्वाचनमा विजयी गराउन आग्रह गरे ।

    मेकानिक्स पेशा अप्नाउनेहरुको हितका लागि संस्थागत पहल थालेको भन्दै अहिलेको आवश्यकता अनुसार कोभिड बिरुद्धको खोप उपलब्ध गराउन सरकारसंग समन्वय गरेको उनले बताए । प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटेर पहल शुरु भएको बताए ।

    यसैगरि दर्ता प्रक्रियामा भएका झन्झटिलो प्रक्रियालाई हटाउने, अटो ल्याडको अवधारणा प्रदेशमा ल्याउन प्रदेश सरकार समक्ष आग्रह गरेको उनले बताए ।

    लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपालका अध्यक्ष गणेश प्रसाद भट्टराईले जोखिमको बेलामा सेवा दिएका अटोमेकानिक्सहरुको स्वस्थ्यप्रति सचेत रहेको बताउदै तथ्याक तयार गरेर सरकारसंग समन्वय कोभिड बिरुद्घ खोप दिने बताए । केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले संस्थाको विषयमा सकारात्मक जानकारी दिदै अगाडि बढ्न जरुरी रहेको बताए ।

    नितिगत रुपमा भिटिएस, लेखा तालिम तथा ट्राफिक सम्मान लगायतका कार्यक्रम गर्न समेत केन्द्रबाट सहयोग हुँदै आएको उनले बताए ।

    शुक्रबार नै केन्द्रीय उपाध्यक्ष, कोषाध्यक्ष र प्रदेश पदाधिकारीहरुले नवनियुक्त प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटेर शुभकामना दिदै ब्यवसायीहरुको समस्या बारे जानकारी गराएको छन ।

    नया बन्दै गरेको औधोगिक क्षेत्रमा अटो ब्यवसायीहरुलाई लक्षित गरि जग्गा उपलब्धता तथा विद्युतिय सवारी र पार्टलाई प्राथमिकता दिन सके यसै अनुरुप आफुहरु लाग्ने ब्यवसायीहरुले बताए ।

    नाडा प्रदेश कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सदस्य तिलक पाण्डेले ब्यवसायिक हकहितसंगै सामाजिक कार्यमा समेत आफुहरु अग्रसर रहेको बताए ।

    स्वर्गद्वारी मन्दिर परिसरमा वृक्षारोपण :

    यसैगरि शुक्रबार बुटवलमा स्वर्गद्वारी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । जहा रुद्राक्ष, अमला, बरपिपल, धुपि लगायत ६० वटा बिरुवा रोपिएको नाडा लुम्बिनीका महासचिव रोशन पाण्डेले बताए ।tree.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology