Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एनएमबि बैंकको नाफा २ अर्ब ७३ करोड रुपैयाँ,चुक्ता पूँजी १६ अर्ब ३२ करोड

एनएमबि बैंकको नाफा २ अर्ब ७३ करोड रुपैयाँ,चुक्ता पूँजी १६ अर्ब ३२ करोड

  • 2.8K
    SHARES

  • एनएमबि बैंकको नाफा २ अर्ब ७३ करोड रुपैयाँ,चुक्ता पूँजी १६ अर्ब ३२ करोड

    बुटवल,साउन ३० ।

    गत आर्थिक वर्षमा एनएमबि बैंकले २ अर्ब ७३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । 

    बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एनएमबि बैंकले ५९ प्रतिशतले नाफा बढाएको हो । एनएमबि बैंकको अघिल्लो वर्षको नाफा १ अर्ब ७१ करोड रहेको थियो ।

    वित्तीय विवरण अनुसार एनएमबि बैंकले असार मसान्तसम्ममा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा दिएको छ ।

    १६ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको एनएमबि बैंकको पूँजीकोष अनुपात १५.०९ प्रतिशत छ । बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब ३३ करोड रुपैयाँ गरेको छ । बैंकको इपिएस १६ रुपैयाँ ७८ पैसा रहेको छ ।

    खराब कर्जा अनुपात २.२७ प्रतिशत रहेको एनएमबि बैंकको कर्जा निक्षेप अनुपात ७७.०७ प्रतिशत रहेको छ । बैंकको आरओई १२.०१ प्रतिशत रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology