Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा (नामावलीसहित)

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा (नामावलीसहित)

  • 2.8K
    SHARES

  • कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा (नामावलीसहित)

    बुटवल,साउन ३० ।

    नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरे ।

    पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा पनि लागू हुनुपर्ने उनीहरुले माग छ ।

    ‘पार्टीको विधानमा हामीलाई क्षेत्रीय प्रतिनिधि सरह पनि अधिकार दिइएन । त्यही कारण हामीले राजीनामा गरेका हौं,’ आमन्त्रित केन्द्रीय किरण पौडेलले भने ।

    उनले अघि भनेका छन् ‘केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू,महाधिवेशन प्रतिनिधि,जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ-नगररपालिका सभापति, वडा सभापति समेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्यहरूलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वत: प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस् भन्ने हाम्रो माग छ ।’

    आमन्त्रित केन्द्रीय सदस्यहरुको मागप्रति सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन्, तर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमति जनाएका छन् ।

    देउवाले माग सम्बोधनका लागि आफू सकारात्मक रहेको भन्दै राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । उनले पार्टीमा कसैलाई अन्याय हुन नदिने बताएका छन् ।

    यी हुन् राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यहरू :

    १- नन्दनकुमार दत्त (सुनसरी)
    २-कुमार खड्का (कास्की)
    ३- बालकृष्ण पाण्डेय (नेजस भारत)
    ४- आनन्द विष्ट (नेजस अमेरिका)
    ५- नरेन्द्रकुमार चौधरी(सुनसरी)
    ६- हसन अन्सारी (मोरङ)
    ७- किरणराज शर्मा पौडेल (बाग्लुङ)
    ८- रमा कोइराला पौडेल (सुनसरी)
    ९-कृष्णकिशोर घिमिरे (दाङ)
    १०- गोपालकुमार बस्नेत (झापा)
    ११-सुधीरकुमार शिवाकोटी (झापा)
    १२- मनोहरनारायण श्रेष्ठ (धनकुटा)
    १३- ध्रुव वाग्ले (तनहुँ)
    १४- मोहनसिंह राठौर (कैलाली)
    १५- शम्भुलाल श्रेष्ठ (सर्लाही)
    १६-अभिषेक प्रताप शाह (कपिलवस्तु)
    १७- दयाराम पाण्डे (लम्जुङ)
    १८-जनकराज कलौनी (डडेल्धुरा)
    १९- भूमिबहादुर गुरुङ (स्याङ्जा)
    २०-दिलीप राई
    २१-आशाराम चौधरी
    २२-राजेन्द्रबहादुर सिंह

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology