बुटवल,साउन २८ ।
नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं ६ को खयरघारी बस्तीमा मास्क वितरण गरेको छ । कोरोना भाईरस संक्रम रोकथाम तथा नियन्त्रणको लागि सरकारले राष्ट्रिय मास्क अभियान सञ्चालन सञ्चालन गरिरहँदा काँग्रेस खयरघारी बस्तीमा मास्क वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले कोरोनाबाट बच्नको लागि सबैलाई मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गर्नुभयो ।
वडाकी कार्यवाहक सभापति कृष्णकला भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे,महासमिति सदस्य बालकुमारी भण्डारी, नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल लगायतले भनाई राख्नुभएको थियो ।
त्यस अवसरमा सुन्दरनगर खयरघारी बस्तीमा ७ हजार मास्क वितरण गरिएको सो पार्टीले जनाएको छ ।कार्यक्रम सचिव तारा ज्ञवालीको सञ्चालनमा भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)